एक सय यात्रु बोकेको विमान दुर्घटना

वि.सं.२०७६ पुस ११ शुक्रवार ०४:४९
6.59K
shares
shares

एजेन्सी । एक सय यात्रु बोकेको विमान कजाकिस्तानमा दुर्घटनाग्रस्त बनेको अधिकारीहरुले जनाएका छन् ।
बेक एयरको विमान अल्माटी विमानस्थलबाट उडान भरेको केही बेरमा नै शुक्रबार बिहान दुर्घटनाग्रस्त बनेको उनीहरुको भनाइ रहेको छ । उद्धारकर्ताहरु यतिबेला दुर्घटनास्थल पुगेका छन् । उनीहरुले सात जनाको मृत्यु भएको पुष्टि गरेका छन् । केहीको जिवितै उद्धार पनि गरिएको छ ।
विमान कजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीबाट देशको राजधानी नुरसुल्तानका लागि जाँदै गरेको बताए । विमानस्थलले विमानमा ९५ यात्रु र ५ चालक दलका सदस्य रहेको बताएको छ ।
विमान स्थानीय समय अनुसार ७ बजेर २२ मिनेटमा दुर्घटना ग्रस्त बनेकोछ । दुर्घटनअघि विमान दुई तले भवनमा ठोक्किँदै खसेको छ । दुर्घटनापछि विमानमा आगो भने नलागेको बताएको छ ।