बाढीले बगाएको घरबाट ११ दिनपछि जीवितै भेटिइन् चण्डिका

234
shares

नुवाकोट । भोटेकोशी बाढीमा घरसहित बेपत्ता भएकी नुवाकोटको बेत्रावतीकी ६४ वर्षीया चण्डिका श्रेष्ठ ११ दिनपछि जीवितै फेला परेकी छन् ।

गत १० भदौमा आएको बाढीले चण्डिका र उनका श्रीमान् आनन्द श्रेष्ठलाई घरसहित बगाएको थियो । ८ दिनसम्म खोजी गर्दा पनि नभेटिएपछि काठमाडौंमा रहेका छोराहरू आशिष र अनिशले ३ दिनअघि कुशको शव बनाएर आमाबुवाको दाहसंस्कार गरेका थिए ।

शनिबार बिहान भने बाढीले बगाएर पुरिएको घरभित्रबाट चण्डिका जीवितै भेटिइन् । घरभित्रबाट मानिसको आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उद्धारपछि उनलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको छ ।

बेत्रावती लाखे क्लबका अध्यक्ष शशी डंगोलका अनुसार चण्डिका भेटिएपछि पुरोहितले विधिपूर्वक काजकिरिया फुकुवा गरिदिएका छन् ।

चण्डिकाका श्रीमान् आनन्द भने अझै बेपत्ता छन् । उनको खोजी पुनः अघि बढाउने तयारी गरिएको छ । बाढीले बगाएका घरबाट ११ दिनपछि समेत जीवित व्यक्ति भेटिएपछि स्थानीयले बेत्रावतीका सबै घरमा पुनः खोजतलास गर्न सरकारसँग माग गरेका छन् ।


divya collage
unigloble collage