कस्तो अचम्मको देश जहा भूतले पेन्शन पाउने गर्छ
वि.सं.२०७५ मंसिर ४ मंगलवार १३:३४
shares

काठमाडौं । हाम्रै छिमेकी देश भारतमा एउटा अनौठो घटना घटेको छ ।जहा ६५ हजार भन्दा बढी भूतले पेन्सन पाइरहेका छन्। समाचार अनुसार, पञ्जाब सरकारले विगत कैयन् वर्षदेखि ६५ हजार ७४३ जना मृत व्यक्तिलाई लगातार पेन्सन दिइरहेको छ । मृतकलाई दिइँदै आएको पेन्सन थाप्न भूत त आएनन् होला ? आखिर कहाँ गयो त भूतलाई दिइएको पेन्सन रु सरकारले यसबारेमा अहिले छानविन थालेको छ ।
हरेक महिना पञ्जाबमा १९ लाख ८० हजार मानिसले पेन्सन थाप्छन् । ती पेन्सनधारीमा ज्यूँदा मानिससँगै मृतक पनि समावेश छन् । तथ्यांक अनुसार पेन्सन थाप्नेमा ६५ हजार त्यस्ता मानिसहरुको पनि नाम छ जसले कयौ वर्षा पहिलेनै यो संसार छाडिसकेका छन् ।
झण्डै अढाइ लाख मानिसले फर्जीरुपमा पेन्सन पाइरहेको सरकारी तथ्यांक अनुसार ४५ हजार मानिसको ठेगाना गलत छ भने ४२ हजारले युवा अवस्थामै वृद्धावस्थाको पेन्सन थापिरहेका छन् भने धनी हुँदाहुँदै पनि गरीबको पेन्सन १० हजारले थापिरहेका छन् ।


























