३ हजार वर्ष पुरानो एक दम्पतीको शव भेटियो
वि.सं.२०७५ मंसिर ९ आइतवार १५:४५
5.56K
shares
shares

काठमाडौं । इजिप्टमा पहिलोपटक करिब ३ हजार वर्ष पुरानो दम्पतीको शव फेला परेको छ। उक्त शव कफिनभित्र फेला परेको हो। उत्तरी इजिप्टका एक पुजारी र उनकी श्रीमतीको शव कफिनभित्र राखेको अवस्थामा फेला परेको हो। एक भवनको जग खन्ने क्रममा उक्त एेतिहासिक कफिन फेला परेको हो।
यसै महिनामा फ्रान्सको नेतृत्वको टीमले कफिनभित्र राखेको अवस्थामा शव फेला पारेको हो।समाचारमा बताइएअनुसार कफिन खोल्न इजिप्टको संरक्षण विभागका अधिकारीले परीक्षण गरेका थिए।केही दिन पहिले विशेषज्ञहरुले इजिप्टको कायरमा ६ हजार वर्ष पुरानो चिहानस्थलमा आधा दर्जनभन्दा बढी बिरालाका शव भेटाएका थिए।
यसरी पुराना शव भेटिन थालेपछि त्यहाँको विशेषज्ञ टोलीले आउने दिनमा आफ्नो खोज अभियानलाई निरन्तरता दिने भएको छ।























