अचम्मको मन्दिर जहाँ भित्री वस्त्र र वक्षस्थलको पूजा गरिन्छ

7.35K
shares

काठमाडौं । सामान्यतया मन्दिर भनेको देवी देवता पुज्ने ठाँउ हो । संसारमा यस्तो पनि मन्दिर छ, जहाँ देवी देवताको अलवा महिलाको भित्री वस्त्र र वक्षस्थलको पूजा गरिन्छ । हो, सुन्दा अच्चम लाग्न सक्छ तर यो सत्य हो ।

जापानको इबारकी वाकायाम सहरमा अवस्थित मन्दिरमा यस्तो अचम्मको चलन रहेको छ । यो मन्दिरमा देवताको मूर्ति नभएर महिलाको वक्षस्थलका थुप्र्रै आकृतिहरु देख्न सकिन्छ । त्यसैले यो मन्दिरको नाम नै ‘ब्रा टेम्पल’ अर्थात् वक्षदानी राखिएको छ ।

साथै पुजा गर्न आउने भक्तजनहरुले यहाँ महिलाको भित्री बस्त्र चढाउँने र भित्रीवस्त्रको पूजा गर्ने गरेका छन् । यो मन्दिरमा वर्षौ देखि वक्षस्थलको आकृतिको पूजा गर्ने चलन रहि आएको छ ।

स्तन क्यान्सर र प्रसूतिको भाकल गरेका महिलाहरु यो मन्दिरमा गएर स्तनको आकृतिहरुको पूजा गर्दछन् । साथै भाकल पूरा भएका महिलाहरु त्यो मन्दिरमा रहेको कपासका आकृतिको समेत पूजा गर्दछन् । रासस