यौनमा अनिक्षुक पार्ट्नरलाई कसरी तयार गर्ने ? जान्नुहोस त्यस्ता केहि फाईदाहरु !

9.95K
shares

काठमाडौँ । यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई असाध्यै जटिल बनाइन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरैअघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने व्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् । यो गम्भीर विषयमा मनोविज्ञ करूणा कुँवर भने प्रस्ट छिन् ।

१२ वर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन-अनुसन्धान गरिरहेकी करूणा नेपालीको यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरूको यौन व्यवहार एवम् त्यसले सिर्जना गरिरहेको तनावले धेरै युगल जोडीहरूको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करूणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा गरिएको कुरा ।

कसरी पार्टनरलाई सेक्सका निम्ति तयार गर्ने ? त्यसोत प्रेमलापका निम्ति न त कुनै समय हुन्छ न त कुनै नियम । प्रेम गर्नेहरु सारा संसार बिर्सेर प्रेम गर्छन । एकापसमा आलिंगन गर्ने प्रेमीहरुले यो पनि विचार गर्दैनन् कि उनिहरु कहां छन् । अर्को तर्फ प्रेमलाप गर्नेहरु सेक्ससंग जोडिएको कुनैपनि काईदा कानून मान्दैनन् । तर धेरै पटक यस्तोपनि हुन्छ कि सेक्सको चाहना सहयात्री साथीको अनिच्छालॆ पूर्ण नहुन सक्छ । त्यसैले पार्टनरलाई सेक्सका लागि कसरी तयार पार्ने भन्ने विषयमा गंभीरतापूर्वक चिन्तन गर्नु उपयुक्त हुन्छ ।

यौन क्षमता बृद्धिका लागि धेरै काईदाहरु छन् । यसको निम्ति व्यक्तिलाईपरिस्थिति अनुरुप केहि यस्तो काईदाहरु अपनाउनु राम्रो हुन्छ जसबाट साथी खुशी भएर सेक्सका निम्ति तयार होउन् ।
यहां त्यस्ता केहि काईदाहरु बताईएको छ :

१) खानपिन पछि दुबै जना एकार्काको समीप आउने प्रयत्न गर्नुस् ।

२) आफ्नो पार्टनरको गर्दनमा चुम्नुस् ।

३) यदी प्रेयसी खाना तयार गर्दैछिन भने उनको पछि गएर उनलाई आिलंगनमा लिनुस र उनको गला र कांधमा चुम्नुस् ।

४) सेक्स गर्नु भन्दा पहिले दुबैले संगै नुहाउनुस र मसिनो स्वरमा आफ्नो प्रेमको प्रस्ताब गर्नुस् ।

५) आफ्नो सहयात्री पार्टनरलाई हल्का साबुन या तेलले मालिस गर्नुस । यस्को सुगन्धले वातावरणमा उत्तेजना ल्याउछ ।

६) उनलाई आफ्नो शरीरमा लपेटेर सुत्नको निम्ति आमन्त्रण गर्नुस् र भन्नुस म तिम्रो नजिक आउन चाहन्छु ।

) आफ्नो पार्टनर साथीको जुन हात जसरी समाते पनि समात्नुस तर पुरा आत्मविश्वासका साथ समात्नुस् ।

८) आफ्नो पार्टनरलाई नम्रतापूर्वक आिलंगन गर्नुस र उनको आंखामा आंखा मिलाएर एकटक उनको आंखामा हेरिरहनुस् ।

९) केहि यस्तो नयां कुरा गर्ने प्रयास गर्नुस तपाईको साथीलाई त्यस्को कल्पना नै नहोस् । गरमा गरम सहवासका लागि उपरोक्त कुराहरुमा अवश्य ध्यान दिनुस् । यसले तपाईको सेक्स लाईफ निकै राम्रो हुन्छ ।

यदि तपाईको सेक्स जीवन सफल छ भने तपाईको जीवनका समस्याहरुबाट पुरा दृढताकासाथ जुध्न सक्नुहुन्छ र तपाई तमाम् दिक्दारी माथि विजय प्राप्त गर्न सक्नुहुन्छ । एजेन्सी तपाईंलाई फेमिली थेरापिस्ट भन्दा रहेछन् मनोविज्ञानभित्र फेमिली थेरापी कहाँ पर्दो रहेछ रु मनोविज्ञान बृहत् विषय हो । संसारमा भएका सबै परिवर्तन मानव मनोविज्ञानद्वारा सम्भव भएको हो भन्दा फरक पर्दैन । त्यही मानवको एउटा महत्वपूर्ण पाटो उसको परिवार हो ।

एउटा मानिसको मनोविज्ञानले परिवारमा कसरी समस्या आउँछ र त्यसलाई कसरी समाधान गर्ने भन्ने विषय फेमिली थेरापीअन्तर्गत पर्छ । अर्थात्, तपाईंको परिवारका सदस्यमा कुनै समस्या छ भने त्यो समस्याको समाधान फेमिली थेरापिस्टले गर्न सक्छ । तपाईंसँग उपचारका लागि धेरै जोडी आउने गरेको थाहा पाएँ, जोडीका मुख्य समस्याहरू के(के रहेछन् ? पुरूष होस् वा महिला, सुरुमा उहाँहरु आफ्नो पार्टनरको फलानो स्वभाव ठीक छैन, चिलानो व्यवहार राम्रो गर्दैनन् भनेर समस्या लिएर आउँछन् ।

कुरा गर्दै जाँदा मूल कुरा सेक्समा गएर अड्किन्छ । अर्थात्, कुनै पनि युगल जोडीमा केही समस्या छ भने कुनै न कुनै रूपमा त्यो समस्याको जड सेक्ससम्बन्धी उनीहरुको धारणा र व्यवहारमा प्रकट हुने गरेको मैले पाएँ । सेक्सकै कारण समस्या आएको जोडी कति पाउनु भयो, प्रतिशतमा भन्न सकिन्छ ? ९९ सय प्रतिशत । कुनै जोडी प्रारम्भदेखि नै खुसी छैनन्, वास्तवमै उनीहरूको विवाह इच्छा विपरीत भएको थियो भने बेग्लै कुरा हो, नत्र पछि युगल जोडीमा जति समस्या आउँछन्, त्यसमा कुनै न कुनै रुपमा यौन जोडिएकै हुन्छ ।

विश्वस्तरका अध्ययनले पनि यही भन्छ, मेरो प्राक्टिसमा पनि यही पाएकी छु । केही उदाहरण दिन सकिन्छ ? धेरै जोडी विवाहको ५(७ वर्षपछि मकहाँ समस्या लिएर आउँछन् । त्यो बेला उनीहरुको सम्बन्ध लगभग टुटिसकेको हुन्छ । एक अर्कामा दोषारोपण गर्दा उनीहरू घर ढिला आउने, रक्सी खाने, समय नदिने अथवा श्रीमतीले किचकिच गर्ने, अनावश्यक खर्च गर्ने भनेर दोष लगाउँछन् । तर विवाहको पहिलो वर्ष त्यही व्यवहार किन नराम्रो लागेन भनेर प्रश्न गर्‍यो भने उनीहरु मौन रहन्छन् । पहिलो वर्ष उनीहरुलाई त्यही व्यवहार नराम्रो लाग्दैन, कारण उनीहरूको यौनसम्बन्ध त्यसबेला अहिलेको तुलनामा धेरै राम्रो हुन्छ ।

त्यो बेला एक अर्कालाई समय दिएका हुन्छन्, उनीहरूको रुप र व्यक्तित्वको बखान भएको हुन्छ । जसै विवाह पुरानो हुँदै जान्छ, ती क्रियाकलापमा कमी आउँछन्, अनि सम्बन्ध बिग्रन थाल्छ । नेपालीहरूको यौन क्रियाकलाप कसरी हुँदोरहेछ, समस्या के पाउनु भयो रु सामान्यतया नेपालीहरुलाई सेक्स गर्न आउँदैन । सेक्स भन्नेबित्तिकै नेपालीको मनमा पुरूष लिङ्ग महिलाको योनीमा प्रवेश गर्ने भन्ने कुरामा मात्र फोकस हुन्छ । जब कि यौनमा त्यो अन्तिम कुरा हो । त्यसअघि धेरै भन्ने कुरा, व्यवहार गर्ने कुरा, आकर्षण गर्ने कुरा यौनभित्र पर्छन् । त्यसबारे धेरैले ध्यान दिँदैनन् ।

मुख्य कुरा सेक्समा पुरूष हावी हुने गरेका छन् । अनि महिलाले पनि पुरूषका लागि आफूले सेक्रिफाइस गरेको ठान्छन् । समस्या यहीँबाट सुरू हुन्छ । वास्तवमा सेक्स कसका लागि, केका लागि भन्ने कुरा हामी प्रस्ट छैनौँ । नेपाली महिलाहरू सेक्समा रमाउन नसक्नुको कारण के पाउनु भयो रु उनीहरुलाई सानैदेखि कुनै न कुनै रूपमा सेक्स खराब कुरा हो भनेर सिकाइएका हुन्छ । विवाहअघि सेक्स गर्नुहुँदैन, परपुरूषसँगको सम्बन्ध पाप हो, पुरूषहरुको काम नै महिलालाई भोग्ने हो भन्नेजस्ता कुरा सुन्दा(सुन्दा सेक्स मेरो पनि आवश्यकता हो, त्यसमा मेरो सक्रिय सहभागिता हुनुपर्छ भन्ने कुरा नै ओझेलमा पर्छ ।

पढेलेखेका महिलाहरुलाई सेक्सको बारेमा धेरै ज्ञान छ भन्ने लाग्न सक्छ, तर अचेतन मनमा गढेका यस्ता कुराले उनीहरु खुलेर रमाइलो गर्न सक्तैनन् । तपाईंले कतिपय महिलाहरू सेक्सका बेला नाङ्गै हुन सक्तैनन्, बत्ती बालेर सेक्स गर्न मान्दैनन् भन्ने कुरा सुन्नुभएको होला । यसको मूल कारण नै उनीहरुमा सेक्सप्रति भएको वितृष्णा हो । जब कि नाङ्गो हुनु सेक्सका लागि अनिवार्यजस्तै हो ।

नेपालका शहरी क्षेत्रमा महिला(पुरुष सेक्समा उदार हुँदैछन्, यससँगै सेक्समा विभिन्न प्रयोग भएको सुन्न पाइन्छ, यसलाई कसरी लिनु भएको छ रुशहरमा सेक्स टोयका सामग्री बेचविखन हुन थालेका छन् । प्रारम्भमा मलाई पनि सेक्स टोयमा युवा वर्ग मात्र जान्छन् कि भन्ने लागेको थियो, तर एक साताको अध्ययनमा के पाइयो भने सेक्स सपमा सबै वर्गका मानिस जाने रहेछन् । यसले नेपाली समाज सेक्समा उदार हुँदै गएको देखिन्छ । यद्यपि कस्तो सेक्स राम्रो वा नराम्रो भन्ने कुरा दुई जनाबीचको यौन व्यवहारले छुट्याउने कुरा हो ।

यौन क्रियाकलापका बेला दुवै जना पूर्ण सन्तुष्ट हुन्छन् भने त्यो क्रियाकलाप अरूका लागि अप्राकृतिक भए पनि राम्रो, सन्तुष्ट छैनन् भने हामीले भनेको प्राकृतिक पनि नराम्रो । अहिले गुदा मैथुन, मुख मैथुनको कुरा पनि धेरै हुन थालेका छन्, तपाईंको अध्ययनमा के पाउनु भयो ? विदेशमा विशेषगरी शिक्षित जोडीहरू सेक्समा समान सहभागिता खोज्छन् । कुनै पुरूषलाई मुख मैथुन रमाइलो लाग्छ भने त्यहाँ महिलाले पनि आफूलाई त्यही रुपमा आफ्नो सन्तुष्टिको आधार खोज्छिन् । यही कारण महिलाहरु पनि त्यति नै रमाइलो मान्छन् । नेपालमा भने महिलाहरुले आफ्नो सन्तुष्टिको अधिकारबारे त्यति सचेत छैनन् ।

आफ्नो पार्टनरले मुख मैथुन वा गुदा मैथुनको कुरा गर्‍यो भने आफू जबरजस्तीमा परेको अनुभव गर्छन् । त्यसमाथि उनीहरुको मनमा सेक्स भन्नेबित्तिकै पुरूष लिङ्ग महिला योनीमा जाने कुरा मात्रै मनमा गढेको छ । सेक्समा मन नमिल्नु वा सेक्सप्रति दुवैको एकनासको शिक्षा नहुनु नै समस्याको कारण हो । किशोरीहरूमा हिस्टेरिया भन्ने एउटा परम्परागत रोग देखिन्छ, यसको कारण यौन असन्तुष्टि भन्ने गरिएको छ, खासमा यो के हो ? किशोर वयमा अचानक बेहोस हुने वा अन्य क्रियाकलाप देखाउने रोग भएकाले हिस्टेरियालाई यौनसँग जोडिएको हो ।

मेरो विचारमा कसैले आँखामा गाजल लगाउनु र कसैले आधा स्तन खुला छाड्नुमा खासै भिन्नता छैन । दुवैले बाहिरी मानिसलाई आफूतिर आकषिर्त गरिरहेका छन् । यहाँ महिला मात्र होइन, पुरूषले पनि कहिले प्रmेन्चकट दारी पालेर होस् वा आफूलाई सफाचट राखेर होस्, आफ्नो यौनिकता प्रदर्शन गरिरहेको हुन्छ । आज तपाईंको पत्रिका सबैले पढ्छन्, किन ? किनभने सबैलाई थाहा छ, यहाँ कुनै न कुनै रुपमा आफ्ना मनभित्रका कुण्ठा, समस्या वा गोप्य कुरा राखिएका हुन्छन् ।

यौन भनेकै यस्तो कुरा हो, जो कसैले प्रकट गरोस् वा नगरोस्, सबैको आवश्यकताको कुरा हो, प्रकट गर्ने तरिका मात्रै फरक हो । रेखा थापाले कम वस्त्र लगाउँछिन्, त्यसकारण उनी सबैभन्दा बढी यौनेच्छा भएकी महिला हुन् र गाउँले युवती लजाउँछिन्, त्यसैले उनमा यौन इच्छा छैन भन्ने होइन । यति हुँदाहुँदै पनि नेपालीहरू किन यति हिप्पोक्र्याट भएका ? किनभने हामीमा यौनका विषयमा शिक्षा नै भएन । आमाले हुर्कंदै गरेकी छोरीलाई, बुबाले उमेर बढ्दै गएको छोरासँग यौनका बारेमा खुलेर कुरा गरेनन् । उनीहरूले यसलाई लाजको विषय भने ।

शिक्षक-शिक्षिकाले पनि त्यसलाई गोप्य भनिदिए । यसरी जोबाट यौनका विषयमा खुलेर कुरा आउनु पर्ने हो, उनीहरुबाट नै गलत भनेर लान्छना लगाएपछि विचरा यौन कलङ्कित हुने नै भयो । म सभ्य छु भन्नेहरूले यसलाई नराम्रो भन्न बाध्य भए । यो हाम्रो शिक्षाको दोष हो, हाम्रो संस्कारको दोष हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083