बुटवललाई हराउँदै विराटनगर पीपीएलको इलिमिनेटरमा
वि.सं.२०७६ पुस ९ बुधवार १०:३४
4.86K
shares
shares

पोखरा । विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटको इलिमिनेटेरमा प्रवेश गरेको छ ।
इलिमिनेटेर पुग्नका लागि जित्नै पर्ने खेलमा बुधबार बुटवल ब्लास्टर्सलाई ४ विकेटले पराजित गर्दै विराटनगर इलिमिनेटेरमा प्रवेश गरेको हो ।
पोखरा रंगशालामा बुटवलले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले ११ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।














