क्रिश्चियनका धर्मगुरुद्धारा मध्यरातमा क्रिसमसको शुभारम्भ

6.66K
shares

एएफपी । क्याथोलिक इसाईहरूका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले मध्यरातमा क्रिसमस पर्व शुभारम्भ भएको छ ।

भ्याटिकन सिटीस्थित सेन्ट पिटर्स बासिलिकामा क्रिसमसको पूर्वसन्ध्यामा आयोजित समारोहमा भेला भएका मानिसहरूलाई सम्बोधन गर्दै उनले क्रिसमसको शुभारम्भ गरेको हो ।

यशु ख्रिष्टको जन्मदिनका अवसरमा मनाईने क्रिसमसको शुभारम्भ समारोहमा उनले भने, “हामी असल भएपनि खराब भएपनि प्रभुले हामी सवैलाई निरन्तर माया गरिरहनु हुन्छ ।”
“तपाईँहरूले गलत विचार गरेको हुन सक्छ, तपाईँहरूले पूरै अस्तव्यस्तता निम्त्याएको हुन सक्छ, तथापि ईश्वरले माया जारी राख्नुहुन्छ,“ उनले बताए ।

क्रिसमसको दिन पोप फ्रान्सिस सेन्ट पिटर्स बासिलिका फर्कने र त्यहाँबाट उनले क्रिसमसको शुभारम्भ गर्दै विश्वलाई सन्देश दिने परम्परा रहेको छ । विश्वभरी रहेका एक अर्ब तीस करोड क्याथोलिक क्रिश्चियन धर्माबलम्बीलाई उनले मंगलबार सम्वोधन गरेका हुन् ।

यशुको जन्मस्थल मानेर श्रद्धा गरिने बाइबलसंग सम्वन्धित स्थल बेथ्लेहेममा आयोजित सो कार्यक्रममा विश्वभरबाट क्रिश्चियन धर्मावलम्बीहरु ठूलो सङ्ख्यामा आएका थिए ।
उनले क्रिसमसको शुभारम्भ गरेसँगै क्रिश्चियन धर्मावलम्बीहरु रहेका ठाउँमा क्रिसमस मनाउने क्रम सुरु भएको छ ।

क्रिसमसका अवसरमा शुभकामना आदानप्रदान गर्ने मिठो खाने, राम्रो लगाउने, रमाइलो गर्नेलगायतका क्रियाकलाप हुने गर्दछ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083