ओलम्पिक पदक विजेता किमियाको देश छाड्ने फैसला

Nepal Life Insurance Long Ad

एजेन्सी । इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलिजादेहले देश छाड्ने फैसला गरेकी छन् । २१ वर्षिया किमियाले सामाजिक संजालमा पोस्ट गर्दै आफू इरानको पाखण्ड, झुठ, अन्याय र चाप्लुसीको हिस्सा बन्न नचाहेकाले देश छाड्न लागेको उल्लेख गरेकी छन् । पोस्टमा उनले आफू पनि इरानमा सताइएका लाखौं इरानी महिलामध्ये एक भएको लेखेकी छन् । हाल उनी कहाँ छिन भनेर उनले सो पोस्टमा कुनै जानकारी दिएकी छैनन तर इरानी मिडियाका अनुसार यतीबेला प्रशिक्षणका क्रममा उनी नेदरल्याण्डमा हुन सक्ने बताएका छन् ।

उनले रियो दि जेनेरियोमा सन् २०१६ मा भएको ओलम्पिकमा तेक्वान्दोबाट कांस्य पदक जित्दै इरानमा इतिहास बनाएकी थिइन् । उनले पोस्टमा इरानी अधिकारीहरू उनको सफलतालाई प्रोपागान्डाका लागि प्रयोग गरेको आरोप लगाएकी छन् । इरानमा सरकार विरोध प्रदर्शन शुरु भएको बेला किमियाको यो फैसला आएको छ । बुधबार युक्रेनी जहाजलाई इरानले भूलवशः मिसाइल आक्रमणबाट खसालेको थियो। दुई दिनसम्म इरानले यसलाई अस्विकार गरेर लुकाएको विरोधमा इरानमा शनिबारबाट प्रदर्शन शुरु भएको छ । यसका अलावा इरान र अमेरिकाको सम्बन्ध पनि हाल चरम संकटपूर्ण अवस्थामा छ ।


बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

२०८२ असार ४ बुधवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बानेश्वर बहुमुखी क्याम्पसले २० वटा...

राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

२०८२ असार २ सोमवार

समस्या यो व्यवस्थामा होइन, नेता र सरकारमा छ । अहिलेको वितृष्णा...

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

२०८२ जेठ २९ बिहीवार

 ईलाम। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख  प्रहरी नायब महानिरीक्षक (डीआईजी)...

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

२०८२ जेठ २८ बुधवार

काठमाडौ । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर...

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

२०८२ जेठ २८ बुधवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ...