भूमध्यसागरमा २ हजार शरणार्थीको डुबेर मृत्यु
वि.सं.२०७५ कात्तिक २१ बुधवार ०९:४६
7.12K
shares
shares

जेनेभा । सन् २०१८ को जनवरीदेखि गतहप्तासम्म भूमध्यसमगर क्षेत्रमा यूरोप जाने क्रममा डुबेर मृत्यु हुने शरणार्थीको सङ्ख्या दुई हजार पुगेको राष्ट्रसङ्घले जनाएको छ। राष्ट्रसङ्घले भनेको छ मृत्यु हुनेमा आधाभन्दा बढी शरणार्थीको इटालीको बाटो यूरोपका अन्य मुलुक जाने क्रममा मृत्यु भएको थियो।
“गत हप्ता पनि स्पेनी सामुद्रिक किनारामा १७ जनाको डुबेर मृत्यु भएसँगै यस बर्ष मृत्यु हुनेको सङ्ख्या दुई हजार भन्दा बढी भएको हो,” राष्ट्रसङ्घ शरणार्थी निकायका प्रवक्ता चार्ली याक्सलेले बताए । उनले यस बर्ष यूरोप पुग्ने आप्रबासी तथा शरणार्थीको सङ्ख्या एक लाख पाँच हजार व्यक्ति रहेको बताए। यस बर्ष यात्राका क्रममा डुबेर मृत्यु हुनेको सङ्ख्या निकै बढेको यूएनएचसीआरले जनाएको छ।

















