क्यान्सरसँग युद्ध लडिरहेकी सोनालीले आँखा देख्न छाडिन्

7.18K
shares

काठमाडौं। बलिउडकी चर्चित नायिका सोनाली बेन्द्रे अहिले अमेरिकामा क्यान्सरको उपचार गराइरहेकी छिन्। केहि महिनाअगाडी उनलाई क्यान्सर भएको खबरले पूरै बलिउडनै चिन्तित बनेको थियो। उनलाई हाईग्रेड क्यान्सर भएको हो। उनी अहिले न्यूयोर्कमा उपचार गराइरहेकी छिन्। हालसालै उनले आफ्नो स्वास्थ्य स्थिति बारे सामाजिक संजाल मार्फत जानकारी गराएका छन्।

कीमोथेरापिको कारण आफू आँखा कम देख्न थालेको उनले सामाजिक संजाल मार्फत जानकारी गराएकी हुन्। कीमोथेरापिको कारण पूरै शारिरनै कम्जोर हुने चिकित्सकहरु बताउने गर्छन्।

कीमोथेरापिको असरको कारणनै उनले आँखा कम देख्न थालेको बुझिएको छ। अघिल्लो पटकको कीमोथेरापिको कारण उनलाई पुस्तक पढ्न गार्हो भएको भन्दै सामाजिक संजालमा सोनालीले पोष्ट गरेकी हुन्।

तर अहिले पनि उनलाई पुस्तक पढ्न खासै गार्हो नभएको पनि यसै पोष्ट मार्फत उनले जानकारी गराएकी छिन्। आफ्नो समय उनी पुस्तक पढेर व्यतित गरिरहेकी छिन्।

अमेरिकामा उपचार गराइरहेकी उनलाई भेट्न धेरै बलिउड स्टारहरु न्यूयोर्क पुग्ने गरेका छन्। उनको हौसला उच्च राख्नको लागि उनका नजिकका मित्रहरु मात्र नभई बलिउडमा धेरै हस्तीहरु अमेरिका पुगेर उनलाई भेटेको समाचारहरु आउनेनै गर्छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083