नेपालमै पहिलो पटक त्रिपिटक वाचनः लुम्बिनी क्षेत्र सिँगारीदै

Nepal Life Insurance Long Ad

नेपालमै पहिलो पटक हुन लागेको त्रिपिटक वाचन कार्यक्रमका लागि लुम्बिनी क्षेत्र सिँगार्न थालिएको छ । देश विदेशबाट सयौँको सङ्ख्यामा उपस्थित हुने भिक्षुहरुले तीन दिनसम्म त्रिपिटक वाचन गर्ने कार्यक्रम तय भएपछि लुम्बिनीको मायादेवी परिसर सिँगार्न थालिएको हो । सरसफाइ गर्ने, पुष्पगुच्छाले सिँगार्ने, बौद्ध झण्डा, तुल, ब्यानर टाँग्ने लगायतका काम शुरु भैसकेको छ ।

उक्त कार्यक्रममा सहभागी हुने भिक्षुलाई निःशुल्क प्रवेश दिने र पवित्र धार्मिक कार्यमा सहभागी हुन चाहने अरु बौद्ध धर्मावलम्बीलाई समेत आवतजावतमा सहज बनाउने निर्णय लुम्बिनी विकास कोषले गरेको छ । यही कात्तिक २८, २९ र ३० गते मायादेवी परिसरमा यो कार्यक्रम हुनेछ ।

अखिल नेपाल भिक्षु महासङ्घ, अमेरिकन बुद्धिष्ट एशोसिएसन, थाइ बुद्ध विहार र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रम व्यवस्थापनको जिम्मा लुम्बिनी विकास कोषले लिएको छ । मन्दिर परिसरमा घाँस काटेर सफा गरिएको छ । बत्ती र फूलमालाले सजाउन बाँकी रहेको कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले बताउनुभयो ।

तीनदिने त्रिपिटक वाचन कार्यक्रममा १८ देशका ७०० भिक्षु, लामा, आनी तथा उपासक सहभागी हुनेछन् । कार्यक्रम गर्न ३५ लाख बराबरको खर्च लाग्ने अनुमान छ । सहभागी भिक्षुको भोजन, आवास र यातायातको व्यवस्थापन भइसकेको अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले बताउनुभयो ।

भारत बोधगया लगायतका बौद्ध क्षेत्रमा थुप्रै धार्मिक कार्यक्रम भए पनि लुम्बिनीमा यस्ता कार्यक्रम आयोजना हुन सकेका थिएनन् । पहिलो पटक यति ठूलो धार्मिक कार्यक्रम हुने भएपछि यहाँका पर्यटन व्यवसायी खुशी छन् ।

आयोजकका अनुसार पहिलो दिनको त्रिपिटक वाचन कार्यक्रम थाइ भिक्षुको नेतृत्वमा हुनेछ । भोजनपछि नेपाली भिक्षुको नेतृत्वमा त्रिपिटक वाचन गरिनेछ । त्यसपछि क्रमशः बर्मा, श्रीलङ्का र कम्बोडियाका भिक्षुको नेतृत्वमा पाठ गरिनेछ । दोस्रो दिनको सत्रको नेतृत्व महायानी अथवा हिमाली लामा भिक्षुहरुले गर्नुहुनेछ । यसपछि चिनियाँ तथा जापानी भिक्षुको नेतृत्वमा त्रिपिटक वाचन कार्यक्रम हुनेछ ।

तेस्रोदिन त्रिपिटक पाठ वाचन थाइ भन्तेहरुको नेतृत्वमा हुनेछ । पछिको सत्रमा नेपाली अनागरिकहरु र आनीहरुले पाठको नेतृत्व लिनुहुनेछ । पाठ सकिएपछि सहभागी सबैको तर्फबाट मायादेवी मन्दिरमा शान्ति पदयात्रासहित दीप प्रज्वलनपछि कार्यक्रम सकिने आयोजकले बताएका छन् ।

भिक्षुहरुका अनुसार त्रिपिटक बौद्ध धर्मको प्रमुख ग्रन्थ हो । जसलाई सबै बौद्ध सम्प्रदाय ९महायान, थेरवाद, बज्रयान, मूलसर्वास्तिवाद, नवयान आदि० ले मान्ने गर्छन् । यो बौद्ध धर्मको सबैभन्दा पुरानो ग्रन्थ हो र यसमा भगवान् बुद्धले बुद्धत्व प्राप्त गर्दाको समयदेखि महापरिनिर्वाण हुुनु अघिसम्म दिनु भएका प्रवचनहरु सङ्ग्रह गरिएको छ ।

यो ग्रन्थ पाली भाषामा लेखिएको छ र विभिन्न भाषाहरुमा अनुवाद भएको छ । विनय पिटक, सुत्त पिटक र अपिधम्म पिटक गरी त्रिपिटक नामकरण गरिएको हो । अपि धम्म पिटक र सुत्तपिटक भगवान बुद्धकै पालामा लेखिएको र विनयपिटक इशापूर्व दोस्रो शताब्दीमा राजा अशोकका पालामा लेखिएको मान्यता छ ।

यस पटक लुम्बिनीमा तीन वटै पिटकसँगै भगवान् बुद्धले आफ्ना पिता राजा शुद्धोधनलाई पहिलो पटक धर्मदेशना गर्दा सुनाउनुभएको वसन्त जातक सूत्र र शाक्य र कोलीय राज्यहरुकाबीच युद्ध हुन लाग्दा कपिलवस्तुमै युद्ध अन्त्यका लागि देशना गरेका महासमय सूत्र पनि पाठ गर्ने कार्यक्रम छ । त्रिपिटक पाली, देवनागरी, थाइ भाषा र शैलीमा वाचन गरिनेछ । हरेक भाषाका गुरुले गरेको वाचनलाई आफ्नो शैलीमा पछ्याउँदै अलग अलग देशका बौद्ध गुरुले वाचन गर्ने कार्यक्रम संयोजक भिक्षु महास्थवीरले बताउनुभयो ।


प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

२०८१ फागुन ८ बिहीवार

काठमाडौ ।   अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिले KIIT...

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

२०८१ माघ २९ मंगलवार

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय...

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

२०८१ माघ २८ सोमवार

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक...

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

२०८१ माघ २० आइतवार

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...

बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

२०८१ मंसिर ८ शनिवार

रुपन्देही ।  गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा सन्चालन अन्तरक्रिया...