एक अर्काको हात समाएर मुम्बई फर्किए रणवीर–दीपिका (फोटोफिचर)

6.18K
shares

एजेन्सी। आफ्नो नयाँ बेहुली दीपिका पादुकोणलाई लिएर रणवीर सिंह मुम्बई फर्किएका छन्। दुवै जना आइतबार विहान आठ बजे मुम्बई विमानस्थलमा अवतरण गरेका थिए।

उनीहरु दुवैले क्रिम कलरको कपडा लगाएका थिए। दुवैले गगल पनि लगाएका थिए भने दीपिकाले नेकलेस पनि लगाएकी थिइन्। उनको सिउँदो सिन्दुरले भरिएको थियो भने हातमा रातो चुडा पनि लगाएकी थिइन्। विमानस्थलमा दुवैले आफ्ना प्रशंसकसँग फोटो पनि खिचाए।

विमानस्थलबाट बाहिर आउने वित्तिकै उनीहरुलाई फ्यान र मिडियाले घेरेका थिए। त्यसपछि उनीहरुले एक अर्काको हात समाए। नयाँ बेहुलीलाई स्वागत गर्न रणवीरको प्रभादेवी, मुम्बईस्थित घरलाई बेहुली झैँ सजाइएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083