अञ्जु पन्तको स्वरमा ‘खुसी हुँदै बिदा दिनु’ सार्वजनिक (भिडियोसहित)
वि.सं.२०७५ मंसिर ३ सोमवार १५:२९
6.14K
shares
shares

काठमाडौं । चर्चित गायिका अञ्जु पन्तको स्वरमा रहेको ‘खुसी हुँदै बिदा दिनु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
गीतकार चेतन खत्रीको शब्द तथा नरेश भुर्तेलको संगीत एवम बाबुल गिरीले संगीत संयोजन गरेको गीतको भिडियो सार्वजनिक गरिएको हो। दीपक अधिकारीको छायाँकनमा बिजय राजले भिडियोको निर्देशन र सम्पादन गरेका छन् भने नायिका सपना खड्का र मोडल पृथ्वी राजले भिडियोमा मर्मस्पर्शी अभिनय गरेका छन्।
केही चलचित्र, टेलिचलचित्र तथा दर्जनौं म्युजिक भिडियोमा तारिफ योग्य अभिनय क्षमता देखाएकी सपना खड्काले यस गीतको भिडियोमा गरेको अभिनय प्रसंशनीय रहेको छ।
हेर्नुहोस् भिडियो :














