समृद्ध नेपालका लागि कर तिर्नुपर्नेमा जोड

4.55K
shares

पोखरा । सातौँ राष्ट्रिय कर दिवसका अवसरमा पश्चिमाञ्चल होटल सङ्घ पोखराद्वारा आज यहाँ आयोजित ‘वर्तमान कर प्रणाली’ विषयक अन्तक्र्रियामा समृद्ध नेपाल निर्माणका लागि कर तिर्नुपर्नेमा जोड दिइएको छ । पूर्वाधार विकासका लागि आर्थिक स्रोत आवश्यक भएको उल्लेख गर्दै कार्यक्रमका वक्ताले त्यसका लागि नियमानुसार कर तिर्नु प्रत्येक व्यक्तिको कर्तव्य भएकामा जोड दिएका छन्।

आन्तरिक राजश्व कार्यालयका प्रमुख केशवकुमार उप्रेतीले समृद्ध नेपालका लागि कर तिर्न सम्बन्धित सबैसँग आग्रह गर्दै कर सङ्कलन विना समृद्ध नेपालको परिकल्पना असम्भव भएको बताए। कास्कीमा मात्र ४३ हजार करदाता रहेको जानकारी गराउँदै उनले ६४३ होटल आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको उल्लेख गरे। बाग्लुङ र तनहुँमा आन्तरिक राजश्व कार्यालयको स्थापनासँगै अहिले पोखरा कार्यालयले कास्की र स्याङ्जालाई मात्र आफ्नो दायरामा समेटेको उनले जानकारी दिए।

पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले आर्थिक ऐनले ल्याएका योजनाबाट लाभ लिन व्यवसायीसँग आग्रह गरे। करसम्बन्धी नबुझेका कुरा कर अधिकृतसँग बुझेर कर तिरी इमान्दार करदाता बन्न उनले आग्रह गरे। सङ्घका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले व्यवसायीले कर तिरेर नै देश समृद्ध बन्ने विषयमा आफूहरू सचेत रहेको औँल्याउँदै होटल क्षेत्रमा खर्बौ रुपैयाँको लगानी भए पनि काठमाडौँमा जस्तो पोखरामा पर्यटकको आगमन मनग्य नभएको बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083