१७ रुपैँया प्रेमीका पाइने अचम्मको सहर
वि.सं.२०७५ मंसिर ६ बिहीवार १४:३०
shares

एजेन्सी । तपाई हामीलाई कतिपय कुराहरु सुन्दा पनि अनौठो लाग्छ । तर, सोही कुराहरु कतिपय देशको परम्परा नै हुन्छ । यस्तै आश्चर्यजनक कुरा मध्येका एक तपाईलाई हाज हामी प्रस्तुत गर्न गइरहेका छौं । संसारमा १७ रुपैँयामा प्रेमिका भाडामा पाउने ठाउँहरु पनि रहेका छन् । जुन दक्षिण चिनको गुआडोंगमा रहेको ‘द भाइटलिटी सिटी महल’को एक स्टोरमा सुन्दर र आकर्षक युवतीहरु पोडियममा राखिएका छन् ।
यहाँ कोही पनि पुरुषले आफूले मनपराएको युवतीलाई २० मिनेटको लागि १ आरएमबी तिरेर आफ्नो प्रेमिका बनाएर लैजान सक्छ । यसको लागि पुरुषले आफुले छानेको युवतीको मोबाइल फोनमा एक क्युआर कोड स्क्यान गर्न पर्छ र पैसा तिर्न पर्छ । एकपटक कोड स्क्यान भएपछि उक्त पुरुषले उसको ती युवतीलाई स्टोरको आसपास र महलमा घुमाउन सक्छ ।
उसले भाडाको प्रेमिकालाई सपिङको लागि र लञ्चडेटमा पनि लैजानसक्छ । यदि उसले २० मिनेट भन्दा धेरै समय बिताउन चाहन्छ भने उसले दोब्बर पैसा दिनुपर्छ । तर, भाडाको प्रेमिकालाई युवकले चुम्बन गर्न, जथाभावी छुन र महल भन्दा बाहिर घुमाउन लैजान पाँउदैन ।

























