अबको लडाइँ विकास र समृद्धिका लागि हो : अध्यक्ष ‘तामाङ’

5.15K
shares

झापा । अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले अब कुनै पनि नेपालीका छोराछोरीहरुले बन्दुक बोक्नु नपर्ने बताएका छन् । तामाङले आफ्नो पुस्ता नै बन्दुक बोक्ने अन्तिम पुस्ता भएको दाबी गरेका छन् ।

तामाङले मुलुकमा २४० वर्षदेखि सामन्तवादले जकडिएको सत्ताको तखता पल्टाउन हिजो बन्दुक बोक्न बाध्य भएपनि अब त्यो स्थिति नरहेको बताए । बिहीबार गृहजिल्ला झापाको गौरादह नगरपालिकामा अनेरास्ववियु र अखिल ९क्रान्तिकारी० द्वारा संयुक्त रुपमा आयोजित सहिद स्मृति सभालाई सम्बोधन गर्दै तामाङले सो धारणा राखेका हुन् ।

अबको लडाइँ विकास र समृद्धिका लागि हुने बताउँदै तामाङले भने, ‘हाम्रो पुस्ता नै बन्दुक बोक्ने अन्तिम पुस्ता हो। अबको नयाँ पुस्ताले फेरि बन्दुक बोक्नु पर्दैन ।’ नयाँ संविधानले नै जनताको सबै आकांक्षा पूरा गर्ने बाटो खोलेकाले अब कसैले हतियार उठाउनु नपर्ने तामाङले जिकिर गरे।

अखिल (क्रान्तिकारी) का तत्कालीन झापा जिल्ला अध्यक्ष रमेश सुवेदी र उपाध्यक्ष विष्णु प्रधानको विक्रम संवत् २०६१ साल मंसिर ३ गते हत्या भएको थियो। सोही दिनको स्मरणमा अखिल क्रान्तिकारी झापाले सहिद स्मृति सभा आयोजना गरेको हो । सुवेदी र प्रधानको सम्झना र सम्मानमा रक्तदान तथा श्रद्धाञ्जली कार्यक्रम राखिएको क्रान्तिकारीका झापा अध्यक्ष अनिल सुवेदीले बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083