सुनकोशीबाट महाधिवेशन प्रतिनिधिमा सन्तोष घिमिरे सर्वसम्मत निर्वाचित
वि.सं.२०८३ असोज १४ बुधवार ०९:५३
shares

सिन्धुली । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिकाबाट सन्तोष घिमिरे महाधिवेशन प्रतिनिधि (दलित कोटा) मा सर्वसम्मत निर्वाचित भएका छन्।दलित समुदायको प्रतिनिधित्व गर्दै लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय घिमिरेले पार्टी संगठनमा निरन्तर भूमिका निर्वाह गर्दै आएका छन्।
सुनकोशी गाउँपालिकाका सातवटै वडाबाट पदेनसहित १६८ जना क्षेत्रीय प्रतिनिधि सर्वसम्मत निर्वाचित भएका थिए। तिनै क्षेत्रीय प्रतिनिधिबाट घिमिरे महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन्।
महाधिवेशन प्रतिनिधिका रूपमा चयन भएपछि घिमिरेले आफूलाई विश्वास गरी सहयोग गर्ने सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, वडा सभापति तथा पार्टीका नेता–कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन्। उनले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।























