न्यादी जलविद्युत्को हेडरेस सुरुङ ब्रेक थ्रु

5.79K
shares

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको हेडरेस सुरुङको ब्रेक थु्र गरिएको छ। प्रवद्र्धक न्यादी हाइड्रोपावर कम्पनीका परियोजना व्यवस्थापक उत्तम अमात्यले आयोजनाको तीन दशमलव ८४ किलोमिटर मुख्य सुरुङ खन्ने काम सकिएको बताए।

आयोजनामा सुरुङसहित ७२५ मिटर पेनस्टक पाइप राखिनेमा ६८ मिटर खनिएको छ। हाइड्रोमेकानिकल ठेकेदारले पाइप आयोजनास्थलमा ल्याउन शुरु गरेका छन्। विद्युत्गृहको जग हाल्ने काम सकिएको छ भने बाँध क्षेत्रको सिभिल संरचना निर्माणको २० प्रतिशत काम पूरा भएको छ। बाँध क्षेत्रमा ढलानको काम भइरहेको आयोजनाले जनाएको छ।

विद्युत्गृहमा दुई पेलटन टर्वाइन राखिने छ भने यसको ३० प्रतिशत काम पूरा भएको छ। सर्ज ट्याङ्कको निर्माणकार्य सकिएको व्यवस्थापक अमात्यले जानकारी दिए। विसं २०७३ चैत ३० देखि निर्माण शुरु गरिएको उक्त आयोजना २०७६ चैत २३ ९सन् २०२० अप्रिल ५० मा सक्ने सम्झौता भएको थियो। सम्झौताअनुसार आयोजनाको ५० प्रतिशत काम सकिएको अमात्यले बताउनुभयो ।

सम्झौता अवधिमै निर्माण सकिने लक्ष्यअनुसार २४सै घण्टा काम भइरहेको आयोजनाले जनाएको छ। उक्त आयोजना सम्पन्न गर्न रु छ अर्ब लागत अनुमान गरिएको छ। आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले ९नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, सनराइज बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी० ऋण लगानी गरेका छन्।

आयोजनाले मस्र्याङ्दी गाउँपालिका–३ खुदी टारीकुनासम्म १३२ केभीको साढे पाँच किमी प्रसारणलाइन निर्माण गर्ने कार्य थालेको जनाएको छ। नेपाल विद्युत् प्राधिकरणबाट खुदीको टारीकुनामा निर्माण हुने २२० केभी सवस्टेसन तथा प्रसारणलाइनको निर्माणकार्य गर्न बोलपत्र आह्वान भइसकेको आयोजनाले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083