पारिवारिक कथाबस्तु रहेको फिल्म ‘शान्ति’ शुक्रबारबाट रिलिज हुने

6.64K
shares

काठमाडौं। सामाजिक पारिवारिक कथाबस्तु रहेको फिल्म ‘शान्ति’ आगामी शुक्रबारबाट रिलिज हुने भएको छ। फिल्म युनिटले मंगलबार राजधानीमा पत्रकारमाझ शुक्रबारबाट रिलिज हुने जानकारी दिएको हो। फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा दिनेश लिङ्देनको लेखन तथा निर्देशन छ। निर्देशक लिङ्देनले फिल्मले वैदेशिक रोजगारमा रहेका नेपालीहरुको यथार्थता, नारीको संवेदनशिलता जस्ता विषयलाई समेटेको बताए।

‘फिल्म सरल र शिष्ट शैलीमा निर्माण गरेका छौं। समाजको कथालाई हामीले फिल्ममार्फत देखाएका छौं,’निर्देशक लिङ्देनले भने,‘फिल्म एक वर्ष अघि नै निर्माण गरिएको हो। तर केही प्राविधिक कारणले यसपटक रिलिजको माहोल बन्यो। फिल्मका नवनायक सन्जिब थेवेले पहिलोपटक फिल्ममा काम गर्दा केही गाह्रो भएको अनुभव सुनाए । त्यस्तै नवनायिका सुप्रिया श्रेष्ठले फिल्मको कथाबस्तुले आफूलाई लोभ्याएको बताईन् ।

संगीतकार विकास चौधरीले आफूले पहिलोपटक फिल्मी पाश्र्वगायन ‘शान्ति’बाट शुरु गरेको खुलाए । यो फिल्मका दुई गीतमा विकासकै स्वर छ । फिल्ममा सुशिल क्षेत्री, निशा पोमु, सुप्रिया श्रेष्ठ, सन्जिब थेबे, सुदिता लिङदेन, बालदिप राई, शर्मिला शर्मा, खुस्बु चेम्जोङ, अजय खडका, प्रदिप योङहाङ, महेन्द्रकुमार राई, सुमित्रा अधिकारीको अभिनय छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083