श्रीमतीको हत्या गरी फरार श्रीमान ५ वर्षपछि पक्राउ

4.68K
shares

गौशाला । आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमानलाई महोत्तरी प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भङ्गाहा नगरपालिकाको हरिणमरी गाउँ बस्ने कौशलकिशोर साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताएका छन् ।

प्रहरीक अनुसार पक्राउ परेका साहले २०७० भदौ १८ गते आफ्नै श्रीमती सञ्जुदेवी साहको हत्या गरी महोत्तरीको हरिणमरी र धनुषाको सिनुरजोरा गाउँको बीचबाट बग्ने बिग्ही नदीमा माटोमुनि गाडेका थिए । आफ्नै श्रीमतीलाई विभत्स हत्या गरी फरार रहेका साहले भारतको उमगाँव शहरमा १३ महीना र कतारमा ३० महीना लुकेर काम गरेका थिए ।