प्रधानमन्त्री भएरै छाड्छु, ‘म भएर नै देशमा समाजवादको आधार तयार हुन्छ ‘: नेता गौतम

7.97K
shares

काठमाडौँ । नेकपाका नेता बामदेव गौतमले अहिलेको पस्थितिले आफूजस्तो व्यक्ति संसदमा हुनुपर्छ भन्ने देखाएको दाबी गरेका छन् । नेता गौतमले पार्टीले निर्णय गरेमा आफू अझै पछि संसदमा आउन चाहेको बताउँदै आफू संसदमा आएमा सरकारलाई लोकप्रिय बनाउन भूमिका खेल्ने बताएका हुन् । यस्तै उनले आफू प्रधानमन्त्री भएमा मात्रै यो देशमा समाजवादको आधार तयार हुने जिकिर गरे । उनले भने, ‘म एक पटक प्रधानमन्त्री हुन्छु भन्ने लाग्छ र म भएर नै यो देशमा समाजवादको आधार तयार हुन्छ ।

उनले सरकारले गरेका कामकारबाही प्रति पूर्ण रुपमा असन्तुष्ट रहेको बताए । उनले भने, ‘चुनावी घोषणापत्रका आधारमा सरकारले नीति कार्यक्रम जारी गर्नुपथ्र्यो, घोषणापत्रकै आधारमा बजेट आउनु पथ्र्यो तर आएन । सरकारका कामप्रति म एक प्रतिशत पनि खुसी छैन । यस्तै उनले सरकारले गरेका कुनै पनि निर्णय पार्टी भित्र छलफल नभएकोमा असन्तुष्टि जनाएका छन् । यस्तै उनले सामाजिक सुरक्षा कार्यक्रमको घोषणाका लागि सरकारले नयाँ युगको सुरुवात भनेर बढी प्रचार मात्रै गरिएको जनाए ।

यस्तो थियो गौतमलाई सांसद बनाउने नेकपाको पहिलाको तयारी

वामदेव गौतमलाई देशका विभिन्न निर्वाचन क्षेत्रमा बल्छी थापेर अन्तत स् राजधानी छिराउनेबारे नेकपाको सचिवालय बैठकमा छलफल त चल्यो । तर, आँकडा हेर्दा कतै फेरि अर्को बर्दिया दोहोरिने खतरा देखिंदैछ । सरकारको लोकप्रियता ओरालो लागेको अवस्था छ । राजधानीका मेयर विद्यासुन्दर शाक्यले देखाएको चरम नालायकीपनका बीच ७० प्रतिशत नेवार मतदाताको बाहुल्यता रहेको ठाउँ हो वामदेवलाई भिडाउन खोजिएको ७ नं.स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले धेरै ठाउँ त्यहींबाट जितेको थियो ।

त्यस्तो चुनौतिपूर्ण क्षेत्रमा लगेर वामदेवलाई सांसद बनाउन खोजिएको हो कि पाताल पु¥याउन लागिएको हो भन्ने बारे अझै यकिन छैन । गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले त्यहाँबाट उम्मेद्वारी नदिई राप्रपाका विक्रम थापालाई समर्थन गरेको थियो । त्यस्तो प्रतिष्पर्धामा वाम गठबन्धनका रामवीर मानन्धर आठ हजार मतले निर्वाचित भएका थिए । त्यहाँको नागार्जुन नगरपालिकाको मेयर नेपाली कांग्रेस, उपमेयर एमालेले जितेको छ । तारकेश्वर नगरपालिकाको आधा भाग क्षेत्र नं.७ र अरु भाग ६ मा पर्छ ।

त्यस मध्ये १६ मा एमाले कमजोर भएर होइन, उम्मेद्वार नमिल्नाले वडाध्यक्ष बाहेक सबै एमालेले जितेको छ । कांग्रेसले जितेका वडाहरु ठूला छन् । सानो वडाहरु एमालेका हुन्, नरदेवी, ताम्सिपाखा सहित बालाजु, म्हैपी, गणेशमान सिंहको घर भएको क्षेत्रपाटी, पकनाजोल एरिया, खुसिबु, सोह्रखुट्टे सहित २२ हजार मतदाता भएका वडा कांग्रेस पकडका छन् । जितपुरफेदी गाउँपालिका र पूरानो गोलढुंगा पनि कांग्रेसको राम्रो ठाउँ हो । वडा नं.७ मा ठँहिटी, क्वाबहाल, क्षेत्रपाटी, कन्या मन्दिर मावि, पूरानो ढल्को पर्दछन्, मतदाता आठ हजार छन् ।

भुरुङ्खेल क्षेत्र त्यहीं पर्छ । वडा नं.२५ भनेको कुसुमविलाक्षी, ढोकाबहाल, असन, इन्द्रचोक, नरदेवीको एकभाग, किलागल र मच्छिन्द्रबहाल हो, ७ हजार मतदाता छन् । प्रदेशसभातर्फको चुनावमा २ नं। मा २१ हजार मतदाता र १ मा ४८ हजार थिए । काठमाडौंको क्षेत्र नं.१ र २ मा जसरी माधव नेपाल र प्रकाशमान सिंहबीच अघोषित तालमेल थियो, त्यहाँको प्रदेशसभा निर्वाचनमा पनि त्यस्तै अघोषित सहमति भएको रहेछ विजय माली, प्रकाशमान सिंहहरुले एक(अर्कालाई सघाउने भनेर होटल शंकर होटलमा बसी गरेको ।

अचम्म के भयो भने, स्थानीय निर्वाचन हुँदा प्रदेश १ मा एमाले २५ मतले पछाडि थियो । माओवादीले २१ सय मत ल्याएको थियो । संसदीय चुनावसम्म आउँदा वाम गठबन्धन भयो । त्यसो गर्दा माओवादीको २१ सय मत थपिनु पर्ने हो, तर त्यसो भएन । जम्मा ३४ मतले मात्र नेकपा माथि आयो । भोटको यस्तो राजनीतिमा खरिद बिक्रि राम्रै हुने देखिन्छ । अहिलेको चुनावमा पनि त्यस्तो नहोला भन्न सकिन्न । अघिल्लो चोटि राप्रपाले पाएको हिसाबले यस चोटि कांग्रेस, राप्रपा मिल्न सक्छन् । त्यस माथि कांग्रेसको उम्मेद्वार कस्तो हुने रु त्यसले पनि मतदाताको मनस्थिति निर्धारण गर्छ ।

वामदेवकै सन्दर्भमा चर्चा गर्दा नेताको सानो मनको अपेक्षा थाहा पाएर त्यसलाई भजाउनेहरु नेपाली राजनीतिमा निक्कै सक्रिय हुने र ‘नपत्याउने खोलाले’ बगाउँछ भनेझैँ एउटा अति सामान्य मान्छेले नेता नै घुमाएको कुरा स्मरणीय छ । पात्र हुन्, धनबहादुर बूढामगर । वामदेव जस्तो सोझो नेतालाई अनेक तिकडम र चालबाजी गरी बर्दियाबाट हराइयो । थुप्रैले उनको सोझोपनको फाइदा उठाएर आफ्नो जीवन सुधारे । त्यहीमध्येका पछिल्ला पात्र हुन्, धनबहादुर बूढा । उनले राप्रपाबाट एमालेमा प्रवेश गरी ०७० को चुनावमा डोल्पाबाट टिकट पाए ।

डोल्पामा एकचोटि मन्त्री भएपछि जिन्दगीभर ‘मन्त्री’ भन्छन् । यिनले मन्त्री बनाएपछि राजीनामा दिन्छु र तपाईंलाई उठाएर जिताउँछु भनी पहिल्यै शर्त राखेका थिए । कस्ता–कस्ता मान्छे हुननसकेको बेला वामदेवकै जोडबलमा पर्यटन राज्यमन्त्री बने । वामदेवले पाएसम्म लालबहादुर थापा (बाजुरा), राजेन्द्र राई (धनकुटा), गणेशसिंह ठगुन्ना (दार्चुला), बलराम बास्कोटादेखि पत्नी तुलसी थापासम्मलाई मन्त्री सिफारिस गर्थे होलान्, तर भर्खरै पार्टीमा आएका धनबहादुरलाई बनाइदिए ।

राज्यमन्त्री मात्र बनाएनन्, आफू चुनाव लड्न जाँदा सजिलो होला भनी मन्त्री रवीन्द्र अधिकारीलाई भनेर डोल्पामा ६० करोडको योजना हाल्ने काम भयो । ठेकेदार चाहिँ धनबहादुर आफैँ, पप्पु कन्स्ट्रक्सन जस्तै । यसरी विकास खाने काम भयो । जब उनले राजीनामा दिने र वामदेव गएर चुनाव लड्ने बेला आयो, त्यसपछि यति धेरै चलखेल भयो कि, धनबहादुरलाई राजीनामा नगर्न प्रेरित गर्ने काममा तत्कालिन एमालेकै ‘राम्रा–राम्रा’ नेताहरु सक्रिय भए । त्यस पछि कहिले यो क्षेत्र, कहिले त्यो क्षेत्र भन्दै वामदेवलाई रिंगाउन थालियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083