नेपाल सुनचाँदी व्यवसायी संघको केन्द्रीय अध्यक्षमा बालकुमार विश्वकर्मा ‘सुमन’को उम्मेदवारी

सुनचाँदी संघको नेतृत्वमा सुमनको दाबी

1.98K
shares

काठमाडौं । नेपाल सुनचाँदी कला व्यवसायी संघका वर्तमान महासचिव बालकुमार विश्वकर्मा ‘सुमन’ले संघको केन्द्रीय अध्यक्ष पदका लागि औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।
आगामी शनिबार आयोजना हुने संघको २४औँ वार्षिक साधारण सभा तथा १०औँ केन्द्रीय अधिवेशनलाई लक्षित गर्दै उनले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्। “सशक्त नेतृत्व, समृद्ध व्यवसाय” भन्ने मूल नारासहित चुनावी अभियान अघि बढाएका विश्वकर्माले संघको संस्थागत विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा सुनचाँदी व्यवसायलाई थप व्यवस्थित, सुरक्षित र व्यवसायमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उम्मेदवार विश्वकर्माले व्यवसाय प्रवर्द्धन, व्यवसायीबीच आपसी सहकार्य अभिवृद्धि, सीपमूलक तालिम सञ्चालन, आधुनिक प्रविधिको प्रयोग तथा बजार पहुँच विस्तारलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन्। साथै, नीति निर्माण तहमा व्यवसायीहरूको प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्ने र साना व्यवसायीहरूका लागि सुलभ रूपमा कच्चा पदार्थ (सुन) उपलब्ध गराउने विषयमा विशेष पहल गर्ने उनको योजना रहेको छ।

उनले “तपाईँको मत, संघको उज्ज्वल भविष्यको आधार” भन्दै सम्पूर्ण सदस्य व्यवसायीहरूसँग समर्थन र अमूल्य मतको अपेक्षा गरेका छन्।

विश्वकर्माले सशक्त नेतृत्व, समृद्ध व्यवसाय र सुदृढ संगठन निर्माणलाई आफ्नो मुख्य लक्ष्य रहेको उल्लेख गर्दै व्यवसायीहरूको साथ, सहयोग र विश्वासबाट संघलाई अझ प्रभावकारी, उत्तरदायी र व्यवसायीमैत्री संस्थाको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083