‘मदहोस’को गीत ‘दिलको पिजडा’को लिरिकल भिडियो सार्वजनिक
वि.सं.२०७५ मंसिर २७ बिहीवार १४:५४
6.24K
shares
shares

काठमान्डौं । नेपाली कथानक चलचित्र ‘मदहोस’ को गीत ‘दिलको पिजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि शाक्यद्वारा निर्मित चलचित्र ‘मदहोस’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।
एस के अधिकारिको गीत, बाबुल गिरीको संगीतमा नित्या शिवा र बाबुल कै स्वर छ । प्रियन्का अधिकारी र दिपेन्द्र कोइरालाको फिचरिङ छ । गीतमा राजु शाहको नृत्य, बिक्रम कार्कीको छायांकन देव महर्जनको द्वन्द, रहेको छ ।
चलचित्र एस के अधिकारीको लेखन र निर्देशनमा तयार हुँदैछ । वैशाखमा चलचित्र रिलिजको तयारी गरिएको निर्माण पक्षले जनाएको छ ।
हेर्नुहोस् भिडियो :

























