चीनमा ५६ हजार स्क्रीनमा ‘टु पोइन्ट जिरो’ रिलिज, २२ दिन बित्दा पनि लागेन व्यापारमा ब्रेक

5.16K
shares

एजेन्सी । रजनीकान्त र अक्षय कुमार अभिनित फिल्म ‘टु पोइन्ट जिरो’ का लागि एकाएक नयाँ फिल्महरु चुनौती बन्दै रिलिज भइरहेका छन् तर कुनै पनि यसको अघि प्रतिस्पर्धा गर्न सक्षम देखिएको छैन ।

यो फिल्मको हिन्दी भर्जनको कलेक्सनको कुरा गर्ने हो भने फिल्म रिलिज भएको पहिलो हप्तामा यसले साढे १३७ करोडको कमाई गरेको थियो त्यस्तै दोस्रो हप्ता ३७ करोड र तेस्रो हप्ता मात्र ९ करोडको कमाई गरेको थियो यसरी हेर्दा अहिलेसम्म यसले १८४ करोडको व्यापार गरिसकेको छ ।

यो फिल्मको विश्वभरीको कलेक्सनको कुरा गर्ने हो भने यसले आठ सय करोडको व्यापार गरिसकेको छ । साइन्स फिक्सनमा आधारित यो फिल्मले विश्वभरी निकै राम्रो कमाई गरेको छ । खबरको अनुसार यो फिल्म अमेरिकामा सय स्क्रीनमा रिलिज भएको छ ।

लाइका प्रोडक्सन चीनको चर्चित प्रोडक्सन कम्पनी एचवाई मिडियाको माध्यमबाट यो फिल्म चीनमा पनि रिलिज हुँदैछ । यो फिल्म चीनमा करिब ५६ हजार स्क्रीन्समा रिलिज हुनेछ । फिल्म जानकारहरुका अनुसार यदि ‘टु पोइन्ट जिरो’ ले ठूलो ओपनिङ गर्न पायो भने यसले निकै ठूलो इतिहास रच्नेछ किनभने चीनमा यति धेरै स्क्रीनमा अहिलेसम्म हलिउड फिल्ममात्र रिलिज हुने गरेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083