घुससहित २ जना इन्जिनियर पक्राउ
वि.सं.२०७५ पुस १५ आइतवार १३:५१
5.75K
shares
shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित २ जना इन्जिनियरलाई पक्राउ गरेको छ । रुपन्देहीको शुद्दोधन गाउँपालिकाको प्राविधिक शाखामा कार्यरत इन्जिनियर कपिल अर्याल र सव(इन्जिनियर लक्ष्मण ढुङ्गानालाई ८० हजार रुपैया घुससहित पक्राउ गरेको हो।
सेवाग्राहीको पुरानो भवनको नक्सा पास तथा अभिलेखीकरण गरिदिए वापत घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियारबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो। अहिले उनीहरुको बारेमा थप अनुसन्धान भैरहेको जनाएको छ ।































