राजधानीम दिनदहाडै नक्कली सुन लाखौंमा बेचे, कोठामा छापा मार्दा नक्कली सुनको थुप्रो

5.99K
shares

काठमाडौं। नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने ललितपुर उपमहानगरपालिका वडा नं १३ बस्ने २६ वर्षका राजु परियारलाई प्रहरीले पक्राउ गरेको छ । कोटेश्वर ३२ जडिबुटीस्थित पेप्सीकोला एरियामा रवि तामाङ लगायत अन्य व्यक्तिहरुलाई सुनजस्तो देखिने पहेलो धातु (नक्कली सुन) का गरहगहना देखाइ सुनको हो भनी झुक्याएर ठगी गरेको सूचनाका आधारमा प्रकाउ गरेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

विभिन्न अपराधिक क्रियाकलापमा संलग्न राजु परियारको खोजतलासका क्रममा उनलाई यही पुस १२ गते साँझ साढे ६ बजे पेप्सीकोला काठमाडौंबाट बा ८२ प ५६८८ नंम्बर को मोटरसाइकल सहित फेला पारेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द वोगटीले जानकारी दिए । प्रहरीले परियारलाई भेटि उसको शरीर र कोठमा खानतलासी गर्दा सुनजस्तो देखिने नक्कली सुनका गहनाहरु समेत फेला पारेकोले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

निजले नक्कली गहना दिएर रवि तामाङको २ लाख रुपैयाँ र रमेश मगरको १ लाख ९० हजार ठगी गरेको जाहेरी दरखास्त समेत परेको हुँदा ठगी मुद्धामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप लिइ अन्य अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।

अपराधमा संलग्न निज परियारबाट सुनजस्तो देखिने धातुको सिक्री १० थान, सुनजस्तो देखिने धातुकै बेरुवा औँठी ३२ थान, सादा ब्रास्लेट १ थान, कानमा लगाउने रिङ १ जोर, कानमा लगाउने टि १ जोर, विभिन्न किसिमका औँठी ५ थान, चाँदीको जस्तो देखिने धातुको सिक्री १ थान, विभिन्न साइजका पत्थर ७ थान, विभिन्न व्यक्तिहरुको नेपाली नागरिकता प्रमाणपत्र ११ थान, विभिन्न व्यक्तिहरुको सवारी चालक अनुमति पत्र २ थान, विभिन्न किसिमका मोबाइलहरु ४ थान, बन्यजन्तुको दाँत जस्तो देखिने दाह्रा १ थान र १६ हजार ७ सय नगद बरामद गरेको प्रहरीले जनाएको छ । अपराधिक क्रियाकलापमा संलग्न परियारलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083