प्रतिबन्धित लागू औषधसहित २ जना युवती पक्राउ

5.01K
shares

वीरगन्ज । पर्सा प्रहरीले प्रतिबन्धित लागू औषधसहित दुईजना युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं–७ की २१ वर्षीया रोजी नगरकोटी र काभ्रेको बनेपा घर भइ काठमाडौं बस्ने २८ वर्षीया रितु थापा छन् ।

पर्साको वीरगन्ज नगरपालिका–१० स्थित आदर्शनगरको सडक भएर घन्टाघरतर्फ आउँदै गरेकी उनीहरुको साथबाट प्रहरीले प्रतिबन्धित लागू औषध बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार रितु थापाले बोकेको पहेलो रंगको झोलामा लागू औषध फेला परेको थियो । प्रहरीले रितुको झोलाबाट ६४ पिस डाइजेपाम, २३ पिस फेनारगन र १९ पिस नुर्फिन बरामद गरेको छ । थप अनुसन्धानका लागि दुवैजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083