धादिङमा लागुऔषध चरेससहित दुई भारतीय पक्राउ

6.49K
shares

धादिङ । बिक्रीका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले धादिङको गजुरीबजार नजीकैबाट आज बिहान २३५ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। काठमाडौँबाट भारततर्फ कन्टेनर ट्रकमा लोड गरी लैजाँदै गरेको अवस्थामा सुराकीका आधारमा अवैध लागुऔषध चसेरसहित प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित एकानिघौली टीकापुरग्राम निवासी ३० वर्षीय सतेन्द्र सिंह बेघल र पटेवा सुगौलीका ५० वर्षीय महमद गद्दी रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय गजुरी र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिआएका प्रहरीले सो लागुऔषध पक्राउ गरेको हो।

एचआर ३ एसएस ९३७१ नंको कन्टेनरमा लुकाई छिपाई चरेस लोड गरेको सुराकी आएपछि ब्यूरोका टोलीले पिछा गर्दै गजुरी बजार नजिकै जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय गजुरीको सहयोगले उनीहरुलाई पक्राउ गरेको हो। यसरी पक्राउ गरेको लागुऔषध चरेस वर्षकै सबैभन्दा धेरै परिमाणको भएको पनि प्रहरीले जनाएको छ। रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083