कति छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य ?
वि.सं.२०७५ पुस २४ मंगलवार १२:३०
5.11K
shares
shares

काठमाडौँ । आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ बढेको छ। आज सुन तोलामा १ सय रुपैयाँले बढेको हो। हिजो प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै हिजो ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा बारोबार भइरहेको छ। आज चाँदीको मूल्य भने घटेको छ। हिजो प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला ७ सय ५५ रुपैयाँमा बारोबार भइरहेको महासंघले जनाएको छ।

























