‘रणवीर’को ट्रेलर सार्वजनिक

7.19K
shares

काठमाडौँ । गोविन्दसिंह भण्डारीको निर्देशन रहेको फिल्म ‘रणवीर’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ।

प्रेम, मित्रता, बदला, हाँसो, रोदन मिश्रण गरिएको ट्रेलरमा सुशील सिटौलालाई ‘एंग्री योङ्ग म्यान’का रुपमा प्रस्तुत गरिएको छ। ट्रेलरमा सुशील र प्रशान्त ताम्राकारबीचको द्वन्द्वलाई मुख्य रुपमा देखाइएको छ।

ट्रेलरमा यसै फिल्मबाट डेब्यु गरेका दुई नायिका शुभेच्छा खड्का र सुपुष्पा भट्टलाई पनि प्रमुखताका साथ देखाइएको छ। माघ १८ गतेबाट प्रदर्शनमा आउने ‘रणवीर’ मा कथा, पटकथा, संवाद निर्देशक गोविन्द सिंह भण्डारीको छ। फिल्ममा रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टिका पहाडी, भोलाराज सापकोटालगायतका कलाकारको पनि अभिनय रहेको छ। महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन र चन्द्र पन्तको द्वन्द्व छ।

हेरौँ ट्रेलर:


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083