काठमाडौं प्रहरीलाई अर्को ठूलो सफलता, १२ करोड काण्ड गर्ने गीतकार पक्राउ

4.8K
shares

काठमाडौं । जिल्ला अदालत ललितपुरबाट ठगी अभियोगमा सजाय पाएका गीतकार योगेन्द्रमणि दाहाललाई पक्राउ गरेको छ । महानगरीय अपराध शाखा, टेकुका प्रमुख एवम् एसएसपी धिरजप्रताप सिंहका अनुसार जिल्ला अदालत ललितपुरबाट सजाय पाएर फरार सूचीमा रहेका ५२ वर्षीय दाहाललाई पुस २७ गत बालुवाटारबाट पक्राउ गरिएको हो ।

ललितपुर महानगरपालिका वडा नं.३ मा रहेको नेपाल विटुमिन तथा व्यारेल उद्योग लिमिटेडका सञ्चालक अशोककुमार श्रेष्ठले दाहालविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्धा दिएका थिए । दाहालले नेपाल विटुमिन तथाव्यारेलउद्योग लिमिटेडमा १२ करोड ३५ लाख ९६ हजार ५ सय ४ रुपियाँ ५४ पैसा ठगी गरेको पुष्टि भएपछि जिल्ला अदालत ललितपुरले जरिवाना र कैद सजाय तोकेको थियो ।

जिल्ला अदालत ललितपुरले ०७४ मंसिर १४ गते फैसला गर्दै दाहाललाई विगो बराबरको जरिवाना र दुई वर्ष कैद सजाय तोकेको थियो । त्यसपछि गीतकार दाहाल फरार थिए । भक्तपुर जिल्लाको ठिमी नगरपालिका वडा नं.१७ कौशलटारमा स्थायी घर भै हाल काठमाडौं महानगरपालिकाको वडा नं.४ बालुवाटारमा दाहाल बस्दै आएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083