नायिका केकीको दमदार अभिनयमा ‘धेरै धेरै माया’ (भिडियोसहित)

6.29K
shares

काठमाडौँ । नायिका तथा निर्मात्री केकी अधिकारी अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । रेस्क्यु क्रिएसनको प्रायोजनमा हाइलाइट्स नेपालले धेरै धेरै माया बोलेको गीतको म्युजिक भिडियो हिजो बुधवार सार्वजनिक गरेको हो ।

सार्वजनिक उक्त गीतमा नायिका केकी अधिकारीसँगै विकासले अभिनय गरेका छन् । यस गीतमा स्वर दिएका छन् गणेश न्यौपानेले । गायक गणेश न्यौपानेकै शब्द रहेको यस गीतमा उनलाई लेखनमा साथ दिएका छन् थिरज राईले ।

यस गीतमा संगीत र एरेन्जमेन्ट पनि थिरज राईको नै रहेको छ । निरोज अधिकारीले खिचेको यस भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् भने समन अधिकारीले निर्देशन गरेका छन् ।

हेर्नुस् भिडियो :


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083