नायिका सोनाक्षीले ‘धोका’ दिएपछि विष सेवन, ५ जनाविरुद्ध प्रहरीमा मुद्दा दर्ता

5.14K
shares

मुम्बई । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा सहित ५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। नयाँ दिल्लीमा आयोजित एक अवार्ड वितरण कार्यक्रममा सोनाक्षीले अग्रिम भुक्तानी लिएर उपस्थित नभए पछि आयोजकले ३२ लाख रुपैयाँ क्षतिपूर्ती माग्दै प्रहरीमा मुद्दा दर्ता गरेको हो।

प्रहरीका अनुसार सोनाक्षीका साथै ट्यालेन्ट फुल अन कम्पनीका अभिषेक सिन्हा, मालविका पंजाबी, धुमिल ठक्कर र एडगर सकारिया विरुद्ध मुद्दा परेको छ।

आयोजकले दिल्लीमा इण्डिया फेशन एण्ड ब्युटी अवार्ड कार्यक्रमको आयोजना गरेको थियो। यो कार्यक्रममा अवार्ड वितरणका लागि सोनाक्षीलाई आमन्त्रण गरिएको थियो। सोनाक्षीका निजी सचिवलाई ३२ लाख रुपैयाँ समेत दिइ सकिएको थियो। तर, अन्तिम समयमा सोनाक्षी आइनन्।

प्रहरीले जाहेरी नलिएपछि विष सेवन

आयोजक प्रमोद शर्माले अग्रिम भुक्तानी लिएर सोनाक्षीले अन्तिम समयमा धोका दिएपछि प्रहरीमा ठगी मुद्दामा जाहेरी दिएका थिए। तर प्रहरीले कुनै कारवाही नगरे पछि ऋणको भार थेग्न नसकेर विष सेवन गरेका थिए।

यद्यपि समयमै उद्दार र उपचार हुँदा उनी जिवित छन्। उनको उपचार भइरहेको छ। यता प्रहरीले घटनाको छानविन गरेर सोनाक्षी सहित सबै आरोपी विरुद्ध मुद्दा दर्ता गरेर कारवाही अघि बढाएको भारतीय सञ्चार माध्यमले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083