प्रदेश नं ५ को राजधानी दाङ बनाउन माग

6.54K
shares

बर्दिया । बर्दियाका सरोकारवालाले प्रदेश नं ५ को राजधानी दाङमा बनाउन माग गरेका छन्। जिल्ला समन्वय समितिले सोमबार सदरमुकाम गुलरियामा आयोजना गरेको कार्यक्रमका सहभागीले प्रदेशको स्थायी राजधानी दाङमा राख्नुपर्नेमा जोड दिएका हुन्। कार्यक्रमका सहभागीले प्रदेश राजधानीको नामका विषयमा लुम्बिनी, गौतम बुद्ध, थारुवान तथा मगरात राख्न सकिने सुझाब दिएका छन्।

प्रदेशसभा सदस्य तिलक शर्मा हिमालले पाँच नम्वर प्रदेशको स्थान दाङ हुँदा उचित हुने बताउनुभयो। संविधान सभाका सदस्य बिना ज्ञवाली, प्रदेशसभा सदस्य दिपेस थारु, कुलप्रसाद पोखेरेल, जिल्ला समन्वय समितिका सभापति शंकर थारु, आठै स्थानीय तहका प्रमुख तथा उपप्रमुखले समेत आफ्ना धारणा राख्नुभएको थियो। कार्यक्रममा नेकपाका नेता लक्ष्मीप्रसाद शर्मा, पुर्ण शर्मा, अन्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, संघसंस्थाका प्रतिनिधीले भौगोलिक दूरीका हिसाबले बुटवल पाएक नपर्ने भएकाले दाङमा राजधानी हुनुपर्ने माग गर्नुभएको थियो। रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083