अधिकारीको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि ९ बजे पार्टी कार्यालयमा राखिने

6.42K
shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान ९ बजेदेखि पार्टी कार्यालयमा राखिने भएको छ। नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले बिहान ९ बजेदेखि श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने जानकारी दिँदै शुभेच्छुक समर्थकलाइ अनुरोध गरेका छन।

अधिकारीको ८२ वर्षको उमेरमा फागुन १८ गते शनिबार राती ९ः३५ बजे निधन भएको थियो। अधिकारीको ह्याम्स अस्पतालमा उपचारकै क्रममा निधन भएको हो। पछिल्लो समय अधिकारी विभिन्न शारिरीक समस्याबाट पीडित रहँदै आएका थिए। उनको श्रीमती सविता अधिकारी र तीन छोरीहरू लुना, लिमा र लिजा रहेका छन।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083