अधिकारीलाई नेकपाको पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलि, ओली र प्रचण्डले पार्टीको झण्डा ओढाए
वि.सं.२०७५ फागुन १९ आइतवार १०:५६
6.97K
shares
shares

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम पूर्वमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ। अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गर्न बिभिन्न दलका नेता कार्यकर्ताहरूको घुइँचो लागेको छ।
नेता अधिकारीको गएराति ८२ वर्षको उमेरमा निधन भएको थियो। उनको पार्थिव शरीरलाई आइतबार बिहान ह्याम्स अस्पतालबाट पार्टी कार्यालय धुम्बाराहीमा लगिएको हो। मध्याह्न १२ बजेसम्म श्रद्धाञ्जलि अर्पण गरेपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ।





























