भिजिट भिसालाई एक करोड भ्युज

6.32K
shares

काठमाडौं। कुनै समय नेपाली संगीत बजारमा भारतीय गीत संगीतको जगजगी थियो। विभिन्न सांस्कृतिक कार्यक्रम होस् या विवाह समारोह जताततै भारतीय गीत बज्ने गर्दथ्यो। तर समय बदलिएको छ। नेपाली गीतसंगीतले फड्को मारेको छ।

पछिल्लो समयमा नेपाली गीतसंगीतले नेपाली दर्शक तथा स्रोताको मन जित्नुका साथै विभिन्न कार्यक्रम तथा विवाह समारोहमा समेत नेपाली गीत गुञ्जिन थालेका छन्। जुन चलचित्र निर्माण टीमको लागि मात्र नभई सम्पूर्ण नेपाली चलचित्र क्षेत्रका लागि खुशीको कुरा हो।

पछिल्लो समयमा मह सञ्चारको ब्यानरमा किरण केसीले निर्माण गरेको चलचित्र ‘दाल भात तरकारी को ‘भिजिट भिसामा बोलको गीत सार्वजनिक भएको छोटो समयमै युट्युबमा एक करोड भ्युज पुग्न लागेको छ। गीतको सफलताबाट निकै हर्षित निर्माता तथा कलाकार किरण केसीले गीतको भ्युअर्स करोड पुगेको अवसरमा खुशी बाँड्न लागिएको केसीले बताउनु भयो। साथै गीतको सफलताबाट निकै हौसिएका केसीले सोही दिन चलचित्र ‘दाल भात तरकारी’को ‘टाइटल गीत सार्वजनिक गरिने बताए।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियङ्का कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा रावत, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, विल्सन विक्रम राई लगायत कलाकारको अभिनय छ।

नेपाली जनजीवनमा ‘दाल भात तरकारी’का लागि गरिने संघर्षलाई नै कथाबस्तु बनाइएको चलचित्र निर्माण रमिला आचार्य, यमन श्रेष्ठ, राजाराम पौडेल, शिवहरि पौडेल लगायत ११ जनाले गरेका हुन्। चलचित्र दाल भात तरकारी मार्फत किरणका छोरा सुदन निर्देशकमा डेब्यु गर्दैैछन्। सुदनले यसअघि हलिउड फिल्म माइ लभ, रिमेम्बर मीसँगै शत्रुगते मा समेत सह निर्देशन गरेका थिए।

चलचित्रमा शम्भुजीत बास्कोटाको संगीत, हरिवंश आचार्यको गीत, कथा, पटकथा तथा संवाद छ। आउँदो वैशाख १३ गते चलचित्र सिनेमा हलमा प्रदर्शनमा आउने छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083