परिवार नियोजनको आधुनिक साधनमा आकर्षण घट्दै, पहुँच बढाउन सम्मेलन गरिदै

7.85K
shares

काठमाडौं। पहुँच बाहिर परेकालाई समेट्ने उदेश्यले काठमाडौंमा राष्ट्रिय परिवार योजना सम्मेलन गरिदै छ।
चैत ४ र ५ गते आज र भोली स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले आयोजना गर्ने सम्मेलनको आयोजना गर्न लागेको हो।
परिवार नियोजनका साधनको पहुँचबाहिर रहेकालाई साधानको विषयमा जानकारी दिने र यसको प्रयोगमा सचेतना बढाउने उदेश्यले सम्मेलन गर्न लागिएको परिवार कल्याण महाशाखाका प्रमूख डा आरपि विच्छाले जानकारी दिएका छन्।

नेपालमा प्रयोगको अवस्था
नेपालमा १५ देखी ४९ वर्षका विवाहित महिलाहरुले परिवार नियोजनको साधन प्रयोग गरीरहेको सरकारी तथ्यांक छ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ को तथ्यांकका अनुसार परिवार नियोजनको साधानको प्रयोग गर्ने ५३ प्रतिशत महिलामध्ये ४३ प्रतिशतले आधुनिक साधान तथा सेवाको प्रयोग गर्छन् भने १० प्रतिशतले परम्परागत विधि अपनाउने गर्छन्।

नेपालमा सबैभन्दा बढि महिला बध्याकरण गर्ने गरिन्छन् । परिवार नियोजनको साधान प्रयोग गर्नेहरुमा महिला बन्ध्याकरण गर्नेहरु १५ प्रतिशत छन् भने ९ प्रतिशतले तीन महिने सुई प्रयोग गर्छन् । यस्तै ६ प्रतिशत पुरुषले पुरुष बध्याकरण गरेका छन् भने ५ प्रतिशतले खानेचक्की, ४ प्रतिशतले कण्डम, ३ प्रतिशतले इम्प्लान्ट र १ प्रतिशतले आइयूसीडीको प्रयोग गर्छन्।

परिवार नियोजनका साधन प्रयोगमा प्रदेश नं ३ अगाडी
नेपालमा परिवार नियोजनको साधन प्रयोगमा प्रदेश ३ सबै भन्दा अगाडी छ । प्रदेशगत रुपमा हेर्दा प्रदेश ३ मा आधुनिक परिवार नियोजनको प्रयोगदर ४९ प्रतिशत रहेको छ भने, सबैभन्दा कम प्रदेश ४ मा ३७ प्रतिशत मात्रै छ।

परिवार नियोजनमा शिक्षित भन्दा अशिक्षितको रुची बढि
तथ्यांकले देखाएअनुसार शिक्षाको स्तर बढेअनुसार आधुनिक परिवार नियोजनका साधन प्रयोगदर बढेको छैन। नेपालमा परिवार नियोजनको आधुनिक साधान प्रयोग गर्नेहरुमा शिक्षित महिला भन्दा अशिक्षित महिलाहरु बढि छन् । तथ्यांकका अनुसार कुनै शिक्षा हासिल नगरेका ५२ प्रतिशत महिलाले आधुनिक साधन र सेवा प्रयोग गर्छन् भने एसएलसी वा सो भन्दा बढी शिक्षा हासिल गरेका ३४ प्रतिशत महिला मात्रै आधुनिक परिवार नियोजनको साधन प्रयोग गर्छन्। यस्तै २५ प्रतिशत नपढेका महिलाहरुले बध्याकरण गर्ने गरेको तथ्यांंकले देखाउँछ।

आधुनिक साधनमा आकर्षण घट्दै
विवाहित महिलाहरुमा परिवार नियोजनको साधन तथा सेवाको प्रयोगदर सरकारी योजना अनुसार बढेको छैन। सन् १९९६ मा प्रयोग दर २९ प्रतिशत रहेकोमा सन् २०१६ मा ५३ प्रतिशत रहेको छ। २० वर्षको अवधिमा प्रयोग दर दुईगुणा छ। यस्तै आधुनिक साधनको प्रयोगदर सन् २००६ पछि बढेको छैन। सन् १०९६ मा २६ प्रतिशत रहेको प्रयोगदर सन् २००६ मा ४४ प्रतिशत रहेको थियो। तर सन् २०१६ मा आधुनिक परिवार नियोजन साधनको प्रयोगदर ४३ प्रतिशतमा झरेको छ । परिवार नियोजनको आधुनिक साधनको प्रयोगदर घट्दै गर्दा परम्परागत विधि अपनाउनेको दर भने बढेको देखिन्छ।

परिवार नियोजनको साधन ७६ प्रतिशत माग
नेपालका १५ प्रतिशत विवाहित महिलाहरु कम्तिमा दुईवर्ष ढिलोगरी तथा दुईवर्षको अन्तरालमा बच्चा जन्माउन चाहन्छन् । यस्तै ६१ प्रतिशत बच्चा जन्माइसकेका महिलाहरु अरु बच्चा जन्माउन चाहदैनन् । ढिलो गरी बच्चा जन्माउने तथा थप बच्चा जन्माउन नचाहने महिलाहरुमा परिवार नियोजनका साधनको माग हुन्छ । नेपालमा विवाहित महिलाहरुमा परिवार नियोजनको साधनको मागदर ७६ प्रतिशत रहेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083