‘विप्लव’नेकपा परित्याग, सत्तारुढ नेकपा प्रवेश
वि.सं.२०७५ चैत ४ सोमवार १४:०६
shares

लमजुङ । नेत्र विक्रम चन्द ‘विप्लव’ माथि प्रतिबन्द लगाईरहेका बेला एक जिल्ला स्तरीय नेता सत्तारुढ नेकपा प्रवेश गरेका छन्। लमजुङ जिल्ला संगठन कमिटिका सदस्य टेक बहादुर बोहोरा सत्तारुढ दल नेकपा प्रवेश गरेका हुन्।
नेकपा बेंसीसहर नगरपालिका ६ संयन्त्रले सारिङमा एक कार्यक्रमको आयोजना गरी उनलाई स्वागत गरेको हो। लमजुङमा कम्युनिस्ट पार्टीका संस्थापकमध्ये एक मानिएका उनी पछिल्लो समय विप्लव नेतृत्वको पाटीमा आवद्ध थिए।
तत्कालीन पार्टी अध्यक्ष प्रचण्डसँग मतभेद भएपछि २०७१ सालमा मोहन बैद्य नेतृत्वको पार्टी हुँदै उनी पछिल्लो समय विप्लव पार्टीमा सक्रिय थिए।
७२ वर्षका उनी नेकपा प्रवेश गरेपछि गाउँमा खुसियाली छाएको छ। स्थानीयले खाँदा, टोपी लगाइदिनुका साथै अबिरजात्रा गरेका थिए। उनले आफू जुन गाडीमा चढ्यो, त्यही गाडी पन्चरु मात्रै हुने गरेको भन्दै पुरानै घर फर्किएको बताए।
उनले आफ्नो छरछिमेक, इष्टमित्र, आफन्त र परिवारबाट टाढा रहन नसक्ने बताउँदै बरु कुनै पद नचाहिने र अभिभावक भएर बस्न तयार रहेको बताए।




























