विप्लव समूहको विध्वंसात्मक गतिविधिलाई नियन्त्रणमा लिएरै छोड्ने प्रधानमन्त्रीको घोषणा

5.03K
shares

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले चैत महिना भित्र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका अतिवादी विध्वंसात्मक गतिविधिलाई नियन्त्रणमा लिएरै छाड्ने घोषणा गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टीको नाममा विकास निर्माणको काममा अवरोध पुर्याउने, कम्युनिष्ट पार्टीको सरकारलाई असफल बनाउन कोसिस गर्ने लगायतका चन्द नेतृत्वको नेकपाको अतिवादी विध्वंसात्मक गतिविधि सरकारलाई सैह्य नहुने चेतावनी दिए।

सोमबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चन्द नेतृत्वको नेकपाले हिंसा परित्याग नगरे नियन्त्रणमा लिने सरकारको नीति रहेको जनाए। उनले चन्द नेतृत्वको नेकपालाई राष्ट्रिय राजनीतिको मुल धारमा ल्याई छाड्ने प्रतिवद्धता जनाए। त्यसका लागि सो समूहले हिंसा परित्याग नगरे सरकारले नियन्त्रण गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।

कम्युनिष्ट पार्टीको नाममा विकास निर्माणको काममा अवरोध पुर्याउने, कम्युनिष्ट पार्टीको सरकारलाई असफल बनाउन कोसिस गर्ने लगायतका अतिवादी विध्वंसात्मक गतिविधि सरकारलाई असैह्य हुने बताए।

प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्न ढिलाई नगर्ने पनि उल्लेख गरे। उनले सोमबार बस्ने मन्त्रिपरिषद बैठकले शान्ति प्रक्रियाका बाँकी काम पूरा हुने गरी सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोगको पदाधिकारी चयनका लागि सिफारिस समिति गठन गर्ने जानकारी दिए।

प्रधानमन्त्री ओलीले पार्टीको सांगठनिक एकीकरणको काम हुँदैन कि भनेर चिन्ता नगर्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे। उनले पार्टीको तल्लो तहसम्मको एकीकरणको काममा ढिलाई भएको स्विकार गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्कने वित्तिकै सो कामलाई पूर्णता दिने बताए।

प्रधानमन्त्री ओलीले पार्टी संगठनहरुको एकीकरणको धेरै काम पूरा भएकाले पनि अव त्यसमा ढिलाई नहुने बताए। प्रधानमन्त्री ओलीले सरकारले असाधारण काम गरेपनि त्यसको प्रचार पार्टी भित्रैबाट हुन नसकेको गुनासो गरे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083