विप्लव समूहले धम्काए प्रहरीलाई खवर गर्नुस् : गृहमन्त्रालय

5.85K
shares

काठमाडौं । गृहमन्त्रालयले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई चन्दा नदिन आग्रह गरेको छ। गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै विप्लव समूहलाई कुनै किसिमको आर्थिक, भौतिक सहयोग नगर्न र त्रास, धम्की र प्रलोभनमा नपर्न आग्रह गरेको छ। कसैले आर्थिक सहयोग मागेमा वा धम्काएमा नजिकको प्रहरीलाई खबर गर्न समेत गृहले भनेको छ।

कसैले विप्लव नेतृत्वको पार्टीलाई सहयोग गरेको पाइएमा सहयोग लिने र दिनेलाई समेत कारबाही गर्ने गृहले चेतावनी दिएको छ। ‘समृद्ध नेपाल र सुखी नेपाली’ निर्माण अभियानलाई सहयोग पुर्याउन गृहको विज्ञप्तिमा भनिएको छ।

सरकारले फागुन २८ गते विप्लव माओवादीमाथि प्रतिवन्ध लगाएको थियो। यो बिचमा प्रहरीले उसका नेता तथा कार्यकर्तामाथि निगरानी बढाइरहेको छ। पार्टीका तेस्रो वरियताका नेता हेमन्त प्रकाश वलीलाई काभ्रेबाट प्रहरीले पक्राउ गरेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083