आजको पत्रपत्रिका: सरकारविरुद्ध नै प्रतिबन्ध लगाउने विप्लवको चेतावनी

5.29K
shares

काठमाडौं।सरकारले गत फागुन २८ गते विप्लव समूहका गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। उक्त निर्णयपछि विप्लव समूहका नेता तथा कार्यकर्ता पक्राउ पर्ने क्रम जारी छ। सरकारले एक महिनाभित्र विप्लव समूहलाई वार्तामा आउने आग्रह गरेको छ।

हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विप्लवसमूहलाई एक महिनाको समय दिएका थिए। तर, विप्लव समूहले भने पार्टी गतिविधि माथि प्रतिबन्ध लगाउने निर्णय तत्काल फिर्ता नलिए सरकार विरुद्ध नै प्रतिबन्ध लगाउने चेतावनी दिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिपक्षीको अनुपस्थितिमै धमाधम सिफारिस, देउवाको पत्रलाई प्रधानमन्त्रीको वेवास्ता
प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिनै सोमबार बसेको संवैधानिक परिषदको बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्त र समावेशी आयोगका अध्यक्षको नाम सिफारिस गरेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सोमबार बिहान प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष केपी ओलीलाई पत्र लेख्दै पार्टी संसदीय दलको बैठक भएकाले उपयुक्त समयमा अर्को बैठक राख्न आग्रह गरेका थिए। तर प्रधानमन्त्रीले उनको पत्रको बेवास्ता गरेको नागरिक दैनिकमा खबर छ।

प्रधानमन्त्री र रक्षामन्त्रीबीच मतभेद शीर्षकमा पत्रिकाले छापेको अर्को समाचारमा प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री इश्वर पोखरेलबीच मतभेद देखिएको छ । प्रधानमन्त्रीले विप्लव समूहलाई वार्तामा आउन चैतसम्मको समय दिएका छन् भने रक्षामन्त्री पोखरेलले वार्ताको कुनै सम्भावना नरहेको दाबी गरेका छन्।

त्यस्तै हेलिकोप्टरको सिट हटाउने निर्णय उल्ट्याउने प्रयास शीर्षकको समाचारमा गत फागुन १५ गते पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना बोकेको हेलिकोप्टर दुर्घटनामा परेपछि फागुन २३ गते बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको बैठकले एउटा सीट हटाउने निर्णय गरेको थियो। अहिले यो निर्णय उल्ट्याउने प्रयास भइरहेको छ।

एसईईको प्रश्नपत्रमा त्रुटि नै त्रुटि?
माध्यमिक शिक्षा परीक्षा ९एसईई०को प्रश्नपत्रमा त्रुटि नै त्रुटि भेटिएका छन्। थुप्रै प्रश्न अस्पष्ट रहेको विद्यार्थीको गुनासो छ । ७ वटै प्रदेशका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा गल्ती र अस्पष्टता देखिएको कान्तिपुर दैनिकमा खबर छ।

एसईई अन्तर्गत आइतबार अंग्रेजी र सोमबार नेपाली विषयमा परीक्षा भएको थियो। बोर्डले ७ वटै प्रदेशका लागि अनिवार्य विषयका छुट्टाछुट्टै प्रश्नपत्रबाट परीक्षा लिएको छ।

१४ वर्षीया किशोरी ११ दिनदेखि बेपत्ता
पर्वत । जलजला गाउँपालिका ७ धाइरिङकी एक किशोरी ११ दिनदेखि बेपत्ता छिन्। चैत २ गते दिउँसो १२ बजे घाँस काट्न भन्दै खेतमा गएकी १४ वर्षीया सुनीता रिजाल अझैसम्म पनि सम्पर्कमा नआएकी बुबा महानन्द रिजालले बताए।
आफन्त, इष्टमित्र, गाउँ वरपर खोजतलास गर्दा पनि सुनिता नभेटिएको उनको भनाइ छ। उनको परिवारले खोजी गरिदिन भन्दै प्रहरीमा निवेदन दर्ता गराएको छ।अहिलेसम्म उनको बारेमा कुनै जानकारी प्राप्त नभएको प्रहरीले बताएको छ। आजको थाहाहा खबरमा छापिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083