‘यात्रा’ को ट्रेलरमा सलिनमानको एक्सन र रोमान्स
वि.सं.२०७५ चैत १२ मंगलवार १०:२५
shares

काठमाडौं। आउँदो चैत्र २९ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंको दरबारमार्गस्थित क्युज सिनेमा हलमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गयो। ट्रेलरलाई ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमा पनि हेर्न सकिन्छ।
फिल्मको ट्रेलरमा कमेडी एक्सन र एडभेन्चरलाई समेटिएको छ। फिल्मको ट्रेलर हेरेर दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। ट्रेलरमा डेब्यु अभिनेत्री मलिका महतलाई एक गायिकाका रुपमा देखाइएको छ। कथाका अनुसार उनी आँखा देख्दिनन् तर स्वरका माध्यमबाट सबैको ध्यान तान्छिन्।यस्तै फिल्ममा सलिनमान बनियाँलाई एक्सन अवतारमा समेत देखाइएको छ।
सलिनमान र मलिकाका अतिरिक्त फिल्ममा सलोन बस्नेत, रियर राई, प्रेक्षा बज्राचार्य, जाहन्वी बस्नेत, विशाल कटुवाल, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको यो फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका हुन्। नयाँ वर्षको मौका पारेर रिलिज हुन लागेको यो फिल्मले रिलिजपूर्व राम्रो हाइप बनाएको छ।
फिल्ममा बनिष शाहको सम्पादन, सुशील पोखरेलको लगानी, निर्देशक शाक्यको कथा, स्किृप्ट र निर्देशन रहेको छ भने सञ्जय लामाको डीओपी छ। फिल्ममा सोलुखुम्बुका विभिन्न रमणीय ठाउँहरु पनि हेर्न पाइनेछ।


























