१३ वर्षीया बालिका बलात्कारपछि हत्या गर्ने १६ र १७ वर्षीय दुई किशोरलाई जन्मकैदको फैसला

4.67K
shares

गाईघाट। उदयपुर जिल्लाको रौतामाई गाउँपालिका-३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ।

बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरविरुद्ध जन्मकैदको फैसला गरेको जिल्ला अदालत उदयपुरले जनाएको छ।

बालिका हत्या गर्ने १६ वर्षीय किशोरविरुद्ध १२ वर्षको जेल सजाय र रु एक लाख आर्थिक बिगो भराउने र अर्का १७ वर्षीय किशोरविरुद्ध १६ वर्ष दुई महीना जेल सजाय र रु ३० हजार जरिवाना गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार राजकुमार आचार्यले बताउनुभयो।

दुवै किशोर १८ वर्षभन्दा तल भएका कारण पूरा उमेर भएकाहरुले पाउने पूर्ण जन्मकैद सजायको आधा सजाय गर्ने ती किशोरलाई कानूनी व्यवस्था भएबमोजिम जन्मकैदको फैसला भएको पनि अदालतले जनाएको छ।

गत कात्तिक ६ गते जङ्गलमा एक्लै बाख्रा चराउन गएकी १३ वर्षीया बालिकालाई एउटै स्कूलका कक्षामा अध्ययन गर्ने ती दुई किशोरले जङ्गलमा पुगेर बालिकालाई यौन प्र्रस्ताव राखेका थिए। बालिकाले प्रस्ताव अस्वीकार गरेपछि बालिकाको बलात्कार गरेर हत्या गरेको आरोप दुई किशोरलाई लागेको थियो।

बालिकाको हत्या गरेर जङ्गलबाट गाउँ नजिकैको खरबारी डाँडाको रुखको फैदमा लगेर शव फालेको अवस्थामा फेला परेको थियो। हत्या गर्नेहरुको खोजी गर्ने क्रममा प्रहरीले सुनसरीको धरानबाट प्रहरीको तालीम प्राप्त कुकुरसमेत प्रयोग गरेपछि एक किशोर पक्राउ परी उसैको सहयोगमा अर्का किशोर पनि पक्राउ परेको प्रहरीले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083