गृह मन्त्रालयले माग्यो ६ सय कर्मचारी

7.75K
shares

काठमाडौं । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले विभिन्न ६ जिल्लाबाट ६ सय दर्ता अपरेटरको माग गरेको छ।

विभागले राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यका लागि विभिन्न जिल्लाका लागि करारमा दर्ता अपरेटर माग गरेको हो।

राष्ट्रिय परिचय पत्र वितरणको प्रयोजनका लागि झापामा १६४ जना, ललितपुरमा ११७ जना, कञ्चनपुरमा ९१ जनाको दरखास्त माग गरिएको छ। यसैगरी संखुवासभामा ४०, गुल्मीमा ७१ र चितवनमा ११७ जनाको माग गरिएको छ।


divya collage
unigloble collage