नेकपा स्थाई कमिटीको बैठकद्धारा गौतमलाई उपाध्यक्ष बनाउने निर्णय

5.62K
shares

काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज बसेको बैठकले नेकपा सचिवालय सदस्य वामदेब गौतमलाई अध्यक्ष बनाउने प्रस्ताब पारीत गरेको छ ।

साउन २१ मा बसेको नेकपाको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो ।

नेकपाले आगामी पुष २१ गते केन्द्रीय बैठक डाकेको छ । नेकपाको ४ सय ४५ केन्द्रीय सदस्य कमिटी रहेको छ । नेकपा केन्द्रीय कमिटीको सदस्यबाट पारीत भए गौतम उपाध्यक्ष बन्नेछन् ।

नेकपामा उपाध्यक्ष रहने व्यवस्था थिएन।

सचिवालय बैठकले उपाध्यक्ष बनाउने निर्णय गर्दै विधान संशोधन प्रस्ताव गरेको थियो। नेकपामा अब एक उपाध्यक्ष रहने विधानमै व्यवस्था हुने भएको छ।

मंसिर २९ गतेदेखि चलेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव पौडेलले राखेका बेग्लाबेग्लै प्रतिवेदनमाथि सदस्यहरूले धारणा राखेका थिए।

बैठकले अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत फिर्ता ल्याउन र सीमा विवाद हल गर्न पार्टीले पुनस् ठोस पहल गर्नुपर्ने पनि निर्णय गरेको छ।

सडक दुर्घटना बढेकोमा चिन्ता व्यक्त गर्दै नेकपा स्थायी कमिटीले दुर्घटना न्युनिकरणका लागि ठोस योजना बनाइ कार्यान्वयनमा ल्याउन सरकारलाई पनि सुझाव दिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083