मनाङको हिउँमा ‘प्रेम गीत ३’ छायाँकन

7.44K
shares

काठमाडौं । ‘प्रेम गित ३’ मनाङका बिभिन्न स्थानमा हिउ परेको मौका पारि छायाँकन भईरहेको छ ।

निर्माता सन्तोस सेनले दुईओटा फिलिम सफल भएपछी यो तेस्रो निर्माण गरेका हुन् । यतिबेला मनाङमा हिउ पर्ने सिजन हो । यो सिजनमा फिल्म छायाँकन त परै जाहोस्, मानिस घुम्न समेत कम जाने गर्दछन् । तर ‘पे्रम गीत ३’ युनिटले भने बिगत दुई सातादेखि फिल्मको छायाँकनका मनाङ आसपासका स्थानमा गरिरहेको छ ।

‘जाडोको उच्च विन्दु भएपनि फिल्म युनिटले पुरै लगावका साथ काम गरिरहेको निर्माता निर्देशक सन्तोष सेनले बताए ।

‘हिउँ परिरहेको बेलामा छायाँकन गर्नुपर्ने केही दृश्य फिल्ममा छन्’ सेनले भने ‘माइनस २६ डिग्री सेल्सियससम्म तापक्रम भएपनि हामीले काम गरिरहेका छौ ।’ अत्यधिक चिसोमा पनि फिल्म युनिटले उत्साहका साथ काम गरिरहेको सेनको भनाई रहेको छ ।

फिल्मको केही पहिले राजधानीको किर्तिपुरमा छायाँकन भएको थियो । एक दरबारको भब्य सेट बनाएर ४५ प्रतिसत फिल्म छायाँकन गरेपछि निर्माण युनिट बाँकी छायाँकनका लागि मनाङ पुगेको छ ।

मनाङमा हिउँ पर्दा छायाँकन गरिएको केही तस्बिर निर्माण युनिटले अहिले बाहिर ल्याएको छ । तस्बिरमा मनाङमा अहिले कस्तो अवस्था छ भनेर सजिलै अनुमान लगाउन सकिन्छ ।
२ सय वर्ष अगाडीको प्रेमकथामा निर्माण भएको फिल्म निर्देशनमा सन्तोषसँग सहकार्य छेतेट गुरुङले पनि गडरेका छन् ।

प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धी शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतको अभिनय देख्न सकिन्छ । 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083