जुवाखालबाट १४ जना पक्राउ

7.87K
shares

मध्यपुरथिमि । मध्यपुर थिमी नगरपालिका–९ नीलबाराही टिगनीमा सूर्यबहादुर श्रेष्ठले सञ्चालन गरेको नीलबाराही रिसोर्टबाट प्रहरीले आज जुवातास खेलाइरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ ।

हरेक दिन रिसोर्टमा जुवातास खेलाउने गरेको प्राप्त सूचनाका आधारमा छापा मार्दा तास खेलिरहेको स्थानबाट सात लाख तीन हजार १९० तथा सात हजार ६६० भारतीय रुपैयाँ गरी कूल सात लाख १५ हजार ४४६ सहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी निरीक्षक पञ्चलाल गालेले जानकारी दिए ।

पक्राउ परेका सबैलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पेश गरिएको र उनीहरुमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरअन्तर्गत जुवा खेलेको वा खेलाएको मुद्दामा म्याद थप भई अनुसन्धान शुरु गरेको पनि उनले जानकारी दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083