सोह्र दिनदेखि बेपत्ता पुरुषको शव फेला

12.45K
shares

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–३ नर्घो पूर्वटोलस्थित सार्वजनिक पोखरीमा ४५ वर्षीय सुर्यनारायण मण्डलको शव फेला परेको छ । घरबाट १६ दिनअघि उधारो दिएको रकम उठाउन जान्छु भनी हिँडेका मण्डलको शव आफ्नै कुखुरा फार्म नजिकको पोखरीमा फेला परेको उनका भाइ ३५ वर्षीय शिवनारायण मण्डलले जानकारी दिए ।

मण्डल घरदेखि साढे एक किलोमिटरको दूरीमा रहेको रत्नसागर पोखरीको डिलमा सञ्चालन गरेको कुखुरा फार्मको रेखदेख गर्दै बस्ने गरेका थिए । मृतक मण्डलका श्रीमती एक छोरा र एक छोरीका साथ १५ वर्षदेखि माइत बस्दै आएकी छिन् । को-कसले मारेको हो वा भवितव्य मृत्यु भएको हो अनुसन्धान हुनुपर्ने भाइ शिवनारायणले बताए ।

शवको परीक्षण राजविराजमा नगरी धरान पठाइएको र आज परीक्षण हुने प्रहरीले जनाएको छ । मृत्यु भएको मिति तथा डुबेर वा अन्य कारणले मृत्यु भएको यकिन गर्न नसकिएकाले अपराधमा प्रमाण लाग्न सक्ने कुनै कुरा खुल्न सक्छ कि भनेर परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक यमलाल बन्जाडेले बताए ।
–––


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083